हाम्रो बारेमा

       "सबैको,प्यारो, न्यानो, लचिलो र मायाको प्रतिच्छायाँ नारीदर्पण डट कम "
      " मेटेर भाव भावनाको, छोड्नेछ छाप सबैको हृदयेमा गरि-सूचक समर्पण "

नारीदर्पण डट कमको यस सुन्दर चौतारीमा आदरणीय लेखक, पाठक र स-हृदयी सज्जनहरुलाइ हार्दिक स्वागत गर्दछ। यो युग भनेको टेक्नोलोजी तथा सुचनाको युग हो,  आज विश्वले अबिस्वसनिय रुपमा टेक्नोलोजीको बिकास गरि बिभिन्न चमत्कारी कार्यहरु गरिसकेको छ। 

समयको यहीं फट्को संगै अब नारीहरुले संकुचित घेराबाट त्यो अँधेरो घुम्टो हटाइ बिना कुनै त्रास आफ्नो साहसिकता, कला, प्रतिभा र अधिकारलाई निर्धक्क भै देखाउन अघि बड्नुछ । हाम्रा हजुर आमा र आमाहरु जुन निरङ्कुश, निस्सासिँदो, साँगुरो गोरेटो बाटो गुज्रिए समयको परिबर्तले त्यो पेच्कस्लाई केहि खुकुलो बनाए नि फालिसकेको छैन, यस्ता साँगुरा संकुचनहरुलाई हामीले जरै बाट उखाली घाममा सुकाउनुछ र नारी-पुरुष समान हुन एक-रथका दुई पांग्रा, एक-सिक्काका दुई पाटा हुन त आनुहोस हामी संघर्षको यस रथलाई मिलेर तानौ, आफ्नो अधिकार उपयोग सहि रुपमा उपयोगगरौँ । पुरुष भन्दा नारीहरु कुनै कुरामा कम्जोर छैनन् छैनन् कन्जोर छ त त्यो हाम्रो होच्याउने मनोबल परम्परा । चुला चौकामा डाडु, पन्यु चलाउने हातहरुले देश पनि चलाउन सक्छ । 

सामान्य जुस-बनाउने मिसिन बाट प्रेशको सुरुवात गरि छापाको क्षेत्रमा मात्र सिमित नरही आज बिभिन्न श्रब्य-दृश्य रेडियो, टेलिभिजन हरुको क्रमिक रुपमा बिकाश गर्दै परिबर्तनको गतिमा समय संगै अघि दौडी रहेको छ। अझ यो पछिल्लो दशकमा टेलिभिजन, काखे क्यान (ल्याप-टप) , बिभन्न एफ.एम. रेडियो हरुको बिकाशले संसारलाई नै मुठ्ठीमा क्याप्चर गरेको छ भन्दा अतियुक्ति हुन्न किनकी हामी आफ्नो बेडमै बसी-बसी संसार नियाल्न/ चियाउन सक्दछौ के यो यस युगको टेक्नोलोजीको जादु नै होइन र ! यति मात्र काहाँ हो र आज आफुलाई चाहिएको सामान खाध्य पदार्थ  होस् या लगाउने पहिरन, कस्मेटिक होस् या कचरा, गाडी होस् या गहना आदि-इत्यादी सबै इन्टरनेटको माध्याम बाट नै किन्न सकिन्छ। समय चर्च गरि-गरि, बजार-बजार, पसल-पसल धाउने झन-झट्बाट छुटकारा पाई-सकेकाछौं ।

अहिले कर्मचारी, उद्द्योग- ब्यापारी, सुचना-संगित, संचार आदान-प्रदान, बिद्यार्थी,  पत्रकार सबै-सबै क्षेत्र र बर्गलाइ यस चमत्कारी चक्रले चुम्बक झैँ तानिरहेको छ । आज मान्छेहरु इन्टर-नेट बिना बाच्नै नसक्ने अबस्था छ !! अरु बिकसित देशको तुलनामा नेपाल अलि अविकसित भएको कारण स्विकार्दै आज यस टेक्नोलोजीको चक्रमा प्रत्येक युवाहरु आफुलाई समाहित गर्दै परिबर्तनको पाटो संग हातेमालो गर्दैछन ।

हरेक व्यक्तिमा कुनै न कुनै प्रकारको अछम्य प्रतिभा लुकेको हुन्छ, त्यस प्रतिभालाई/ कलालाई  त्यसै मर्न नदिनुस कलमको तरवारले त्यो मनको तुनाबाट छिमलेर बाहिर ल्याउनुहोस, आफ्नो प्रतिभा देखाउनुहोस/ पोख्नुहोस त्यस प्रतिभाको चमकलाई हामी यस वेव मार्फत सबै सामु चम्काई (पस्की) प्रत्येक साहित्यिक अनुरागीको प्यासीको प्यास मेटाउनेछौँ ।  तसर्थ, आउनुहोस हातेमालो गरि अघि बढौं, आखिर मरेर लानु के नै पो छ र ! बाचुन्जेल खुशी बाटेरै, साटेरै जिउं । 

समयले जतिनै फट्को मारे नि, बिज्ञानले जस्तो-सुकै चमत्कार देखाए नि र हामी संसारको जुनै कुनामा पुगेनी हाम्रो मन र पनको गुठीमा त्यहीं पाखा-पखेरुको माटोकै सुगन्ध पाउँछौं र हामी त्यहीं नेपालि धुनमा नै रमाउछौँ, हाम्रो हृदय त्यहीं हास्छ त आउनुहोस साटौ एक-अर्काको भावना र स्पर्स गरौ स्पन्दनमा सुन्दर शब्द-हरु सुचारु गरि....। 

यहाँ हरुको अमुल्य सल्लाह, सुझाब, प्रतिक्रिया, अन्तरक्रिया, आलोचना,आत्मालोचना, प्रत्यालोचना इत्यादी, सम्पूर्णलाइ समेटी हामी खुल्ला हृदयले सहर्ष स्विकार गर्दै अगाडी बढ्नेछौं, यिनै अमुल्य सुझाब पेटिका नै हाम्रो हर-कदमका दम हुन । 

हाम्रो इ-मेल ठेगाना -: naridarpan81@gmail.com