२०७९ असार २२ गते बुधबार
अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको आयोजना तथा साहित्य कला संस्कृति प्रतिष्ठान धरान १३ को सहयोगमा धरान उपमहानगरपालिका वडा नं. १३ को सभाहलमा आज साहित्यिक विमर्श तथा पुस्तक परिचर्चा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन परदेशी बिम्बहरू साहित्यिक वार्षिक वर्ष -१३ अङ्क -१३, कवि सुरेन्द्र लिम्बू परदेशीद्वारा लिखित कविता सङ्ग्रह हामी आयामका भुइँमान्छेहरू, कथाकार सुनिता राई कन्दङ्वाद्वारा लिखित कथा सङ्ग्रह तिउरी तथा कथाकार म्यामराज राईद्वारा लिखित लघुकथा सङ्ग्रह हाम्रो बाटो गरि चारवटा कृतिहरूमाथि समीक्षा भएको थियो । जसमध्ये परदेशी बिम्बहरू ... साहित्यिक वार्षिक वरिष्ठ भाषाविद प्रा. डा. टङ्कप्रसाद न्यौपाने, हामी आयामका भुइँमान्छेहरू प्रा. डा. गोपाल भण्डारी, तिउरी कथा सङ्ग्रह भाषाविद दिनेश पौडेल र हाम्रो बाटो लाई कथाकार तथा पूर्व सह-प्राध्यापक शरनकुमार राईले समीक्षा गर्नुभएको थियो ।