विनेसाम नेपालको भानुजयन्ती र सुदूरपश्चिम शाखा घोषणा

 काठमाण्डौ २८ असार

विश्व नेपाली साहित्य महासङ्घ, नेपाल शाखाको आयोजनमा तथा विनेसाम प्रदेश १, लुम्बिनी प्रदेश, बाँके जिल्ला र काठमाडौं जिल्ला शाखाहरूको सहआयोजनमा राष्ट्रिय विभूती आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्म जयन्तीको अवसरमा “सिर्जना र भानु विमर्श” कार्यक्रम भर्चुअल माध्यमबाट असार २८ गते भव्यताका साथ सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा सुदूरपच्चिम प्रदेश नं ७ कार्यसमिति घोषणा र नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’को नयाँ कृति नीतिकथा सङ्ग्रहको आवरण पनि सार्वजनिक गरिएको थियो । शाखाकी अध्यक्ष कल्पना पौडेलको सभापतित्व र प्रमुख अतिथि प्रा डा ब्रतराज आचार्यको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा विशिष्ट साहित्यिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । ५० जनाभन्दा बढी साहित्यकारहरूको विशेष उपस्थितिमा भएको कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिहरू र २५ जनाभन्दा धेरै साहित्यकारहरूले भानुभक्तलाई मन्तव्य र रचनावाचन गरेर स्मरण गर्नुभएको थियो ।

अनलाइन कार्यक्रम भए तापनि निकै व्यवस्थित रुपमा व्यवस्थापन गरिएको भन्दै प्रमुख अतिथि प्रा डा ब्रतराज आचार्यले भानुभक्तको बारेमा आफ्ना सारगर्भित भनाइहरू राख्नु भएको भयो । प्रमुख अतिथिद्वारा कल्पना पौडेल जिज्ञासुको चौथो कृती ‘कल्पदीप’ नीति कथासङ्ग्रहको आवरण पनि सार्वजनिक गरिएको थियो । शाखाकी अध्यक्षले विनेसाम सुदूरपश्चिम शाखा समिति धोषणा गर्नुभएको थियो । धोषणापछि नवगठित समितिका अध्यक्ष बाबुराम आचार्यले आफ्नो भनाइ राख्नु भएको थियो ।

प्रमुख अतिथि : प्रा डा ब्रतराज आचार्य र विशिष्ट अतिथिहरू -विनेसाम विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी, प्रा डा राजेन्द्र बिमल, प्रा डा कुशमाकर न्यौपाने, प्रा डा गोविन्द मानसिंह कार्की, डा रामभरोस कापडी, डा प्रभा भट्टराई, सुनिता राई कन्दङवालगायतले आदिकवि भानुभक्त आचार्यका बारेमा गहन विचारहरू व्यक्त गरेर कार्यक्रमलाई आकर्षक र मनन योग्य पार्नु भएको थियो । अतिथि कविहरू बलराम दाहल, मणिराज सिंह, भैरवी भूगोल, अमृता स्मृति, राधिका गुँरागाई र उमा ओडारीका साथै अन्य साहित्यिक मनहरूको आथित्यता रहेको थियो ।

विनेसाम नेपाल शाखाबाट उपाध्यक्ष केशु पोखरेल खनाल /उपाध्यक्ष सीता बिस्ट कार्की, सचिव कृष्ण के सी, सह सचिव गङ्गा आचार्य सापकोटा, कोषाध्यक्ष बसु श्रेष्ठ, सहकोषाध्यक्ष विमला शर्मा ढुंगानालगायत सदस्य कल्पना राइको उपस्थिति रहेको थियो । विक्रम चेतनशील, तोयानाथ अधिकारी, सुधा मिश्र, तोयानाथ सुवेदी, चुडा निर्भिक, जनार्दन अधिकारी धडकन, सरस पाण्डे , सीता घिमिरे, इन्दिरा गौतम ,उर्मिला पन्त , सारदा आचार्य ,अनिता कोइराला लगायत उपस्थित ५० जना भन्दा धेरैले शुभकामना र रचना बाचन गर्नु भएको थियो |

नेपाल शाखाकी उपाध्यक्ष सीता बिस्ट काकी ले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम को सन्चालन विनेसाम नेपाल शाखाकी महासचिव अम्विका याम्फु अनमोल, बागमती शाखाका सचिव माधव विडारी,काठमाडौं शाखाका अध्यक्ष जनार्दन अधिकारी धड्कन, लुम्बिनी प्रदेश शाखा अध्यक्ष लेक प्रसाद प्याकुरेल र बाँके शाखा अध्यक्ष गिता अर्यालले आलोपालो सञ्चालन गर्नुभएको थियो।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com