विनेसाम बागमती प्रदेश गठन

काठमाण्डौ १५ जेठ,

 २०७९/०२/१५

नेपाली भाषा-साहित्यको क्षेत्रमा निक्कै लामो समयदेखि सक्रियताका साथ काम गरिरहेको विश्व नेपाली साहित्य महासङ्घले विश्वको विभिन्न देशमा आफ्ना शाखाहरू विस्तार गर्दै आइरहेको छ । यसै सन्दर्भमा नेपाल शाखा बागमती प्रदेश आज काठमाडौको गंगपुमा एक भव्य कार्यक्रमकासाथ गठन भएको छ । गणतन्त्र दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा वरिष्ठ साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो । कविता वाचनसहित सम्पन्न भएको उक्त कार्यक्रममा विश्व नेपाली साहित्य महासङ्घ, नेपाल शाखा, बागमती प्रदेश समिति गठन भएको हो ।


तोयानाथ सुवेदीको अध्यक्षतामा गठित उक्त समितिमा डा. शैलेन्दुप्रकाश नेपाल, साहित्यकार चन्द्रा न्यौपाने, साहित्यकार दुर्गा अधिकारी "भमर्कोटे", साहित्यकार द्वारिका कुँइकेल सल्लाहकार रहनु भएको छ । त्यसैगरी अन्य पदाधिकारीहरूमा उपाध्यक्ष सुशिला ढकाल, सचिव माधव बिडारी, कोषाध्यक्ष पुनम घिमिरे, सदस्य जिज्ञासु पौडेल तिलक, सदस्य बासुदेव ठकुरी, सदस्य विमला ढकाल, सदस्य पवनकुमार बुढाथोकी आदि रहनु भएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com