विनेसाम केन्द्रले होली विशेष सिर्जना वाचन सम्पन्न गर्यो...

१९ मार्च २०२२,

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले आज १९ मार्च २०२२ शनिबार फागु पुर्णिमा/होली विशेष सिर्जना वाचन भर्चुअल रुपमा सम्पन्न गर्यो ।

फागु पुर्णिमा/होलीबारे थुप्रै भनाइ र अर्थ रहेको छ । असत्यमाथि सत्यको विजय, मानवीय प्रेम सद्भाव स्नेह एकर्कामा बढाउँन यो पर्व वास्तवमै विशेष छ । विनेसाम केन्द्रीय सल्लाहकार प्रा डा भीम खतिवडा तथा सामाजिक, सम्पदा सक्रिय अभियन्ता विधुप्रकाश कायस्थले निकै महत्वपूर्ण मन्तव्य राख्दै सुन्दर सिर्जना वाचन गर्नु भयो र साथै केन्द्रीय पदाधिकारीहरु र शाखाबाट उपस्थिति पदाधिकारीहरुले फागु ओउर्निमा/होलीको शुभकामना आदानप्रदान गर्दै विभिन्न विधाका सुन्दर सिर्जनाहरु वाचन भएका थिए ।

आजको कार्यक्रम होलीको शुभकामना तथा सिर्जना वाचनमा उपस्थिति र सिर्जना वाचन गर्ने...

- अध्यक्ष : सुरेन्द्र लिम्बू परदेशी (भारत)

- सल्लाहकार : प्रा डा भीम खतिवडा (धरान/नेपाल)

- विधु प्रकाश कायस्थ ( नेपाल )

-  कल्पना पौडेल जिज्ञासु (अध्यक्ष-विनेसाम नेपाल)

- मुना सिग्देल (अध्यक्ष - प्रदेश १)

- राहुल राई बोगिको (अध्यक्ष-मणिपुर/भारत)

- सुमन मेवाहाङ् (सचिव-विनेसाम प्रदेश १ )

- अम्बिका याम्फु राई (महासचिव-विनेसाम नेपाल)

- कवि राधिका कल्पित (नेपाल)

- देविका मंग्राती राई (कर्स्यंङ्/भारत)

- डेन्जोम साम्पाङ्ग राई (उपाध्यक्ष-विनेसाम केन्द्र-अमेरिका)

- डा नाज सिंह (केन्द्रीय सदस्य-बेलायत)

- सुनिता राई कन्दङ्वा (इजरेल)

आजको रमाइलो साहित्यिक माहोललाई केन्द्रीय सदस्य डा नाज सिंहले संचालन गर्नु भएको थियो र कार्यक्रमको अन्त्यमा विनेसाम केन्द्रीय अध्यक्ष तथा आजको कार्यक्रमका सभाध्यक्ष सुरेन्द्र लिम्बू परदेशीबाट उपस्थिति सम्पूर्णमा आभार व्यक्त गर्दै कार्यक्रम समापन गन्रु भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com