कबिता-”किरांतिम्मा” - भरत लोहोरूँग राई

कबिता-”किरांतिम्मा”

किरांतिम्मौ! याद छ?
तूवाचूँग डाँडा को फ़ेदिमा
हामीले मिलेर सेम्फ़ूको को बिरुवा
रोपेक़ा थियौं नि
बेतेनी खोल्सीमा थापेको ढड़िया
माछी परेर टन्न भरिपो सक्यो कि
चोलीको तूनामा सिउरिनलाई
सधैं तिमीले टिप्ने गरेको
चिंन्चोंग बूँङको बोट चाहिं
सुक्यो कि छ कुन्नी!
किरांतिम्मौ- एकपल्ट हेर्न जाऊँ न
फेरि फर्कीएर गाऊँ जाऊँ न !!

हरेलो पारी भस्मे फाँडेर
रोपेको आलु पाक्यो होला
बरखेमा छरेको रायोको साग
मौलाएर नांला जत्रा पात भईसके होलान
सेम्फुङमालाको को बासना
मगमग छर्दै सुम्नीमाहरूको तांती
लहरै हरेलो बजार उक्लिंदै छन् कि
किरांतिम्मौ-हाटाली हेर्न गाऊँ जाऊँ न
घोगे चांप टिप्न चिचिले पाताल जाऊँ न !!

नाफ़ेम्मा बोज़ूले सुनाऊनूहुने येचूगूक्पा को कथा
वालेम्मा वालेन्डा को कथा
आमालाई चांग्लाँग्ले उड़ाई लगेको कथा
ईन्द्रेनिको पटूकी लाऊने चाहाना गर्दा
बेरिएर कुवाभित्र डूब्नु परेको कथा
यी सप्पै कथाको अब त उपसंहार
पुग्न लाग्यो होला,
येचूगूक्पा र चोमलिंगचोंगमालाई
यागांमाले के गरिसके होलिन्? बिच...रा
किरांतिम्मौ-
कथा सुन्न गाऊँ जाऊँ न
सीमेभूमे पुकार्न साम्माङखाप जाऊँ न!!

कोंग्ला खोज्न लिंबेम्मा देमा
सालघारी जानुभो होला
थून्सेभरी खाबेक बिक्री गर्न
खाँदबारी हाटा झरिसक्नुभो होला
ऊँधौली र ऊँभौलीमा लाग्ने
मंगसिरे र बैशाखे ढाँडे बजारमा
तन्नेरीहरु फाल हांन्दै होलान
पांमाको सरुवा चाख्नू पर्छ
हात्तिसूँडेको खुर्सानी किन्नूपर्छ
किरांतिम्मौ-
फर्केर एकादशी बजार जाऊँ न
फर्केर एकपल्ट गाऊँ जाऊँ न !!

-भरत लोहोरूँग राई
संखुवासभा, हाल बेलायत
(नोट: लोहोरूँग् राई भाषाका शब्दावली मिसाईएको छ)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com