कविता - यो तिम्रो जित होइन

कविता - यो तिम्रो जित होइन

ए ठुलेउ !
आज त निक्कै ताम्झाम छ,
भुईंमा खुट्टा छैन तिम्रो,
ठुलै विजय उत्सव मनाईरहेछौ,
अविरले रङ्गीचङ्गी छौ,
पुष्पगुच्छाुले सजिसजाऊ छौ,
तर यो नठान,
मैले जिते !

के तिमीलाई थाहा छ ?
तिमीले रङ्गीएका अविरको
प्रत्येक छिटाको मूल्य ?
अनि तिमीले पहिरिएको
पुष्पगुच्छाको मूल्य ?
के थाहा छ ?
तिमीले मनाइरहेको उत्सवको मूल्य ?
र तिनै उत्सवमा तिमीले पिउने ह्विस्की र ब्राण्डिको मूल्य ?
तिमीले सितन मानी खाएको
चिक्कन र मटनको मूल्य थाहा छ ?

तर ,खवरदार !
ए ठुलेउ
तिमीले रङ्गीएको अविरको
प्रत्येक छिटामा,
उहीँ निर्दोष भेडाको
रगतका छिटा छन्,
र तिमीले पिउने ,
व्हिस्की र ब्राण्डिको प्रत्येक
चुस्किमा गरिब ,निमुखाका पसिनाका थोपा छन्,
र तिमीले पहिरिएको
पुष्पगुच्छाका मालामा
मेचिकालिको भोको पेट उनिएका छन्,
जहाँ विकास र निकासका लागि
छट्पटिएका कर्णाली छन् ,
तिमीले सितन मानी खाने
मटन र चिक्कनको
प्रत्येक चोक्टोमा
उही निमुखाको हातका ठेला छन् ,
त्यसैले यो तिम्रो जित होइन !

ए ठुलेउ,
अब आलिसानको महल नठड्याउ,
उत्सव नमनाउ,
अझै गर्नुछ धेरै,
जित्नलाई त विकासे सपना पूरा गर्नुछ,
हिजो बोलेको आज पूरा गर्नुछ,
भोको पेट भर्नुछ,
नाङ्गो शरीर ढाक्नु छ ,
बाटो ल्याउन छ ,
स्कुल बनाउनु छ,
बिजुली बत्ती ल्याउनु छ,
जागिर दिनु छ ,
खै के के हो के के !
तसर्थ यो तिम्रो जित होइन !

अल्पभाषी निरु राई
हतुवागढी - ३, भोजपुर

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com