विनेसाम केन्द्रले २५६५ औँ बुद्ध जयन्ती भव्य रुपमा मनायो

२६ मे २०२१,

विश्व नेपाली सहित्य महसङ्घ, विश्व केन्द्रीय समितिले २६ मे २०२१ बुधवार २५६५ औँ बुद्ध जयन्ति भर्चुअल रुपमा भव्य मनायो I
संस्थाका वरिष्ठ उपाध्यक्ष डा लेखनाथ काफ्लेज्यूको स्वागत मन्तव्य पश्चात् विनेसाम केन्द्रीय सदस्य डा नाज सिंहज्यूको कविता वाचनसँगै सुरु भएको बुद्धमा समर्पित कार्यक्रम ''सिर्जना र बोधिविमर्श'' निकै विशेष बन्यो I बुद्ध सम्बन्धिका थुप्रै सिर्जनाहरु प्रस्तुत भए साथै विशेष व्यक्तित्वहरुबाट धेरै कुराहरु  बुद्ध बारे सुन्ने र बुझ्ने सुवर्ण अवसर मिल्यो I

~ सिर्जना वाचन गर्ने सर्जकहरु;

१) डा नाज सिंह
२) खगेन्द्र अधिकारी 'अमृत'
३) चक्षु भट्टराइ
४) डा मनमुर्ति भुर्तेल
५) देविका मंग्राती राई
६) कल्पना पौडेल जिज्ञासु
७) सबिता बराल
८) प्रा डा भीम खतिवडा
९) सयपत्री थुलुङ्ग
१०) औतारी साइला
११) सुशिला ढकाल अधिकारी
१२) गणेश खड्का
१३) रामेन्द्र कोइराला
१४) कृष्ण गौतम
१५) सुरेन्द्र लिम्बू परदेशी


अतिथिज्यूहरुको मन्तव्य,
१) रत्न बज्र लामा : सक्रिय सामाजिक अभियन्ता,
बुद्धको जन्म मृत्यु र ज्ञान प्राप्त गर्नु भएको आजको दिन विशेष दिन रहेको छ अतः २५६५ औँ बुद्ध जयन्तीको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै भगवान गौतम बुद्धको वाणी, शिक्षा अहिले विश्वमै अत्यन्तै आवस्यक रहेको वहाँले बताउनु भयो I र आफु साहित्यलाई निकै माया गर्ने भएता पनि विभिन्न परिस्थितिवस् टाडीन पुगेको र यतिबेला फेरी यसरी साहित्यिक माहोलको सम्पर्क र सम्बन्धले आफु निकै साहित्यतिर आकर्षित भएको कुरा व्यक्त गर्नुभयो I

२) विधुप्रकाश कायस्थ : नेपालको सम्पदा सम्बन्धि अध्यानकर्ता तथा सक्रिय सामाजिक अभियन्ता,
बुद्धबारे जतिनै चर्चा/परिचर्चा गरे पनि त्यो कम हुनेछ I निकै बर्षदेखी वहाँले सम्पदा सम्बन्धि कार्य गर्दै आउनु भएकोले  बुद्ध र सम्पदालाई जोडेर वहाँले निकै महत्वपूर्ण कुराहौर राख्नु भयो I नेपालको करिब पन्द्रवटा सम्पदाहरु विश्व सम्पदाको सुचिमा सुचिकृत हुनको लागि टेन्टेटीभ लिस्टमा नोमिनेसन भैसकेको अवस्था छ कुनै पच्चीस बर्ष अघि र कुनै बाह्र बर्ष अघि I त्यस मध्येमा बुद्धसँग जोडिएको/सम्बन्धित दुईवटा सम्पदाहरु एउटा तिलौराकोटको दरवार जहाँ बुद्धले २९ बर्ष बिताउनु भएको थियो I उक्त दरवार १९९६ मा नोमिनेसनमा परेतापनि त्यसलाई अहिलेसम्म पूर्ण लिस्टमा समावेस गर्न सकिएको छैन तर हामी प्रयास गर्दै छौं भन्नुभयो कायस्थज्यूले I त्यस्तै बुद्धको महापारीनिर्माण पछि वहाँको अस्तु धातुलाई त्येतिखेर आठ राज्यमा विभाजित गरिएको थियो तत्कालका राज्यलाईहरुले हामीलाई पनि अस्तु चाहिन्छ भनेपछि I त्यसरी आठ भाग लगाइएको अस्तुकोको एक भाग नेपालको रामग्राम चैत्यमा रहेको छ भन्ने जानकरी गर्नु हुँदै उक्त स्थान रामग्रामलाई पनि विश्व सम्पदा सुचिमा सुचिकृत गर्न नोमिनेसन भैसकेको पनि पच्चीस बर्ष भैसकेको छ तर यो अघि बढ्न सकेको छैन यो अत्यन्त दुखद कुरा हो तर त्यसका निम्ति पनि हामी प्रयासरत छौं I र अर्को महत्वपूर्ण कुरा सम्राट अशोकले हिस्सा त्यागेर बुद्धलाई आदर्श माने र जब वहाँले लुम्बिनीको यात्रा गर्नु भयो त्यस पश्चात् ती विभिन्न स्थानमा रहेका अस्तुधातुलाई निकालेर चौरासी हजार चैत्यको निर्माण गरी ती सबै ठाउँमा अस्तुधातु राख्नु भयो तर वहाँलाई रामग्राम स्थितरहेको अस्तुधातु भने निकाल्न दिएनन् तत्काल उक्त स्थानमा नाग सम्प्रदायका बाहुल्यता रहेकोले वहाँ असफल हुनु भयो यसैले अहिले यो विश्वमै दुर्लभ हो I भगवान बुद्धको अस्तुधातु आठ भागमा विभाजित थियो त्यसमा आठौँ हिस्साको एक भाग अहिले पनि रामग्राममा सुरक्षित छ I यो स्थान विश्व सम्पदा सुचिमा सुचिकृतका निम्ति नोमिनेसन परिसकेकोले अब पूर्ण लिस्टमा पुर्याउन हामी प्रयासरत छौं भनि अत्यन्त महत्वपूर्ण जानकरी दिनुहुँदै अन्त्यमा सुन्दर सिर्जना प्रस्तुत गर्नु भयो  I

३) गीता भण्डारी : साहित्यिक चौतारी नेपाल केन्द्रीय अध्यक्ष,
भगवान गौतम बुद्धको २५६५ औँ जन्म जयन्तिको पावन अवसरमा हार्दिक शुभकमना व्यक्त गर्दै बुद्ध र बुद्ध धर्म मनाउनेहरु प्रति सुन्दर मिठो सम्बोधन गर्दै सागरगर्भित रुपमा आफ्नो सुन्दर भनाइहरु प्रस्तुत गर्नु भयो गीता भण्डारीज्यूले I यो विशेष दिन हो महापर्व हो बौद्धमार्गीहरुका निम्ति र उतिकै हाम्रा निम्ति पनि I हामीले वहाँका ती जीवन दर्शन रुपी वाणीहरुलाई आफ्ना दिनचर्यामा, आचरणमा लागुगर्नु पर्छ I गौतम बुद्ध धर्मका प्रेरणता हुन् अधिकाँस बौध परम्पराले हाम्रो कल्पना र संयोजनलाई समृद्धिको रुपमा लिने गरेका धेरै उदाहरण छन् I बुद्ध भंदाले सत्यको अन्तिम साक्षात्कारका रुपमा आज हामीले हेरिरहेका छौँ I नेपाललाई विश्वमा चिनौअने थुप्रै कुराहरुमा भगवान बुद्ध पनि हुन् I विश्व-शान्तिका अग्रदुत उनका उपदेश आज विश्वमानवमा उतिकै सान्दर्भिक छ I बुद्धले समाजमा दुई जात छ भनेका थिएँ स्त्री र पुरुष I बुद्धले दिएको उपदेशलाई अपनाउन सके, उनले देखाएका बाटो हिड्न सके जीवन सुन्दर बन्ने छ भंडिया निकै सुन्दर भनाइहरु रकह्दै अन्त्यमा सुन्दर गजल प्रस्तुत गर्नु भयो I

४) डा मदम मानन्धर : कृषिमा विधावारिधि गर्नुहुने सक्रिय सामाजिक अभियन्ता,
२५६५ औँ बुद्ध जयन्तिको शुभकामना व्यक्त गर्दै बुद्ध सम्बन्धि अत्यन्त महत्वपूर्ण कुराहरु प्रस्तुत गन्रु भयो डा मदन मानन्धरज्यूले I बुद्ध भन्नाले अहिलेको परिप्रेक्षमा गौतम बुद्ध र शाक्यमुनी बुद्ध अथवा सिद्धार्थ गौतम बुद्ध हुन् I अहिले जुन बुद्धको हामी जन्म जयन्ति मनाइरहेका छौं वहाँले यस अघि पनि पाँचसय भन्दा बढी पटक जन्म लिइसक्नु भएको छ I अहिलेको सन्दर्भमा वहाँले दिनुभएको शिक्षा उपदेश ज्ञान बह्दी महत्वपूर्ण छ I २९ बर्षको उमेरमा राजगद्दी त्यागेर ज्ञान प्राप्तिका निम्ति दरवार त्याग्नु भयो I ३५ बर्षको उमेरमा वहाँले बुद्धत्व प्राप्त गरी दस बर्षसम्म वहाँले प्रवचन दिनु भयो र सत्तरी बर्षसम्म वहाँले महायान कुरा, कार्यक्रम, ज्ञानगुणमा कुराहरु जनजनमा दिएर बितौअनु भयो I त्यसपछि आएर अन्तिम दस बर्ष/सत्तरीदेखि असि बर्ष वहाँले बज्रयान यानकी सुत्र र तन्त्रका कुराहरु सिकाएर जानु भयो I यसरी सिकाउँदाखेरि कुनखाल्को स्रोता हुनुहुन्छ वा अनुयायी हुनुहुन्छ तेही अनुरुप वहाँले प्रवचनहरु दिंदै जानु भयो I हामीले सिक्नैपर्ने कुरा वहाँको जन्म र शिक्षा/ज्ञान हो I र हामीले सिक्नेपर्ने कुराहरु वहाँको शिक्षा, उपदेश र ज्ञान जो ब्यबहारिक छन् I ठेरवाद, महायान, बज्रयान जसले आआफ्नो वाद अप्नैरहनु भएको छ यो अत्यन्त महत्वपूर्ण छ I एकताका बुद्धधार्मिहरु सत्तरी देखि असि प्रतिशत थिए र अन्य बीस प्रतिशत थिए I यो तत्काल बुद्धको शिक्षा, ज्ञान, उपदेश्कै कारण थियो I बुद्धका ज्ञान आचरणमा उतार्न बुद्धिस्ट नै हुनुपर्छ भन्ने छैन उनका ज्ञान उपदेश जीवनमा लागु गरन सके त्येही ठुलो कुरा हो I

~ विशिष्ट अतिथिज्यू,
 प्रा डा दिवाकर प्रधान : 
अध्यक्ष भारतीय भाषा बिभाग, काशी हिन्दू विश्वविद्यालय वाराणसी
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
२५६५ औँ बुद्ध जयन्तिको पावन अवसरमा शुभकामना व्यक्त गर्दै वहाँ सुन्दर दुई कविता प्रस्तुत गन्रु भयो I
(क) कवि मनप्रसाद सुब्बाको कविता _
दाहिने हत्केलामा दाहिले आँखा
देब्रे हत्केलामा देब्रे आँखा
अनि उठ्दछन्
दुवै हत्केला एकैसाथ
एउटा अञ्जुली बन्न
अञ्जुलीबाट अझ बढी चुम्बकिदै
दुई हत्केला जोडेर एकाकार उठ्दछ शीरमाथि
नमस्कार 
मध्यमार्गको

(ख) कवयत्री पुष्प शर्माको कविता 
''नमो भवतु बुद्धाय''
सभ्यताको मूलै धमिलाउने धृष्टता हुँदा
चेतनाको प्रत्येक शिखाहरुबाट जन्मेका छन्
हरेक युगमा एउटा बुद्ध
र 
रचिएको छ
एउटा एउटा क्रान्ति

कति थिए अलौकिक बुद्ध
पहिले पनि
लौकिक बुद्ध बने 
यसिका दियो
विश्व चिने बुद्ध 
र पाए विश्वले बुद्ध
शान्तिको दुत
बुद्धको प्यास सधैं हुन्छ
चिने बुद्ध 
हुन्छ शान्ति
. . . .  'सिर्जना र बोधिविमर्श' कार्यक्रममा बोल्दै  बुद्धबारे जति बोले/चर्चा गरे पनि त्यो कमै हुन्छ भन्दै हामी सबैले आचरणमा उतार्नु पर्छ भन्दै धन्यवाद तथा प्रसंसा गन्रु भयो I


~ प्रमुख अतिथिज्यू,
प्राज्ञ प्रा.डा हेमनाथ पौडेल : काव्य बिभाग प्रमुख
नेपाल प्रज्ञा-प्रतिष्ठान
~~~~~~~~~~~~~~~~
गौतम बुद्धको शुभ-जन्म दिन
वहाँले ज्बुद्धत्व प्राप्त गर्नु भएको दिन
र वहाँले महापरीनिर्माणमा प्रस्थान गर्नु भएको यी तिनै कुरा आजैको दिन बैशाख पुर्णिमाको दिन भएकोले यस दिनलाई हामी विशेष पर्वका रुपमा बनाउदै आइरहेका छौं I हामी नेपालीले त यस पावन दिनलाई मनाउछौं नै विश्वभरका बौद्ध धर्मावलम्बीहरुले  पनि यो दिनलाई विशेष महत्वकासाथ् मनाउदै/सम्झिदै आएका छन्  I संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि यस दिनलाई बुद्धडेको रुपमा मनाउन थालेको हो I त्यस हिसाबले पनि आज संसारभर नै बुद्ध जयन्ति भव्य रुपमा मनाइरहेको छ I बुद्ध नेपालमा जन्मेका र नेपालका गौरव भएका हुनाले हामी नेपालीहरुले पनि विशेष गौरवका साथ् उनको जन्मोत्सव मनाउछौं I 

गौतम बुद्ध विश्व शान्ति र मानवताका अग्रदुत, विश्वकै तारा हुन् I गौतम बुद्धलाई यसियाकै तारा भनि प्रचार गरिएको छ I तर वास्तवमा यो सिमित गर्ने कार्य हो I हामीले गौतम बुद्धलाई विश्वका ताराका रुपमा लिनु पर्दछ I बुद्ध नेपलमा जन्मिए पनि अहिले विश्वमा प्रशिद्ध भैसकेका छन् I गौतम बुद्ध नेपालका धर्ति पुत्र हुन् I शान्ति, सहअस्तित्व, मेलमिलाप एवम् मानवताका विश्वबन्धुत्वका पक्षमा उनले आफ्नो विचारहरु प्रस्तुत गरेका छन् I उनको उपदेशहरु मानव जातिको हितमा, विश्व शान्तिको पक्षमा, अहिंसाको पक्षमा छन्  I उनका दर्शन, उपदेशहरु आज पनि संसारभरका मानिसहरुलाई उत्प्रेरणा, हौसला दिइरहेका छन् I ती उपदेश/वाणीहरु आज पनि उतिकै सान्दर्भिक छन् I उनका यी उपदेशहरु मानव सभ्यता रहेसम्म रहिरहने छन् I एउटा दुखको कुरा अहिले पनि संसारका कतिपय स्थानम बुद्ध भारतमा जन्मिएका हुन् भनि उल्लेख पाइन्छन् त्यसलाई हामीले चिर्नु/हटाउनु पर्छ I 

२९ बर्षको उमेरमा गगृह त्याग गरेका बुद्धले ६ बर्षसम्मान तपस्या गरि ज्ञान प्राप्त गर्नु भयो र बाँकी पैत्तालिस बर्षको जीवन मानव हितका लागि कार्यहरु गरे I उनको उमेर जम्मा असि बर्षको छ I उनले जुन जीवन दर्शनहरु प्रस्तुत गरे त्यसैलाई नै आज हामी बुद्ध दर्शन रुपमा लिन्छौं I उनको विवाह सोह्र बर्षको उमेर हुँदा भयो र उनको पुत्र  राहुल भयो I पछी उनले यस संसारमा दुख छ यसको निवारण के हो त भनि पहिल्याउन थाले र हिडे दुखका निवारणका मार्ग के हो त भनि त्यसको खोजमा I 

बुद्ध भनेको वास्तवमा बुद्ध वा ज्ञान प्राप्त गरेको, अन्तिम सत्य वा वास्तविकतालाई साक्षात्कार गरेको व्यक्तिलाई हामी बुद्ध भन्छौं I बुद्ध ज्ञानसँग सम्बन्धित छ I सिद्धार्थले शाक्य बुद्धत्व प्राप्त गरेकाले बुद्ध भनियो र उनि ७ बर्षको हुँदा आमा महामाय बित्नु भएकोले उनलाई कान्छी आमा प्रजापति गौतमले सम्पूर्ण जिम्मेवारी लिइ हुर्काएकाले गौतम जोडिएर गौतम बुद्ध भएका हुन् I
अन्त्यमा यसखाले साहित्यिक कार्यक्रमको आयोजना गरेकोमा प्रसंशा गर्नुहुँदै आगामी दिनहरुमा साहित्यिक सहकार्यको सुझाव पनि निकै सुन्दरसँग प्रस्तुत गर्नु भयो आजका प्रमुख अतिथि प्राज्ञ प्रा डा हेमनाथ पौडेलज्यूले I

~आजको कार्यक्रममा प्रत्यक्ष उपस्थित...

१. प्रा डा भीम खतिवडा (धरान)
२. सुरेन्द्र लिम्बू परदेशी (भारत)
३. डा लेखनाथ काफ्ले (ताईवान)
४. डेन्जोम साम्पाङ (अमेरिका)
५. सुनिता राई कन्दङ्वा (इजरायल)
६. डा मनमूर्ती भुर्तेल (रसिया)
७. भुवन रोका (जापान)
८. के बी पौडेल (नेपाल)
९. कल्पना पौडेल (नेपालगन्ज)
१०. डा नाज सिंह (दिल्ली)
११. प्रा डा हेमनाथ पौडेल (काठमाडौ)
१२. प्रा डा दिवाकर प्रधान (वाराणसी)
१३. गीता भण्डारी (बिरगन्ज)
१४. डा मदन मानन्धर (काठमाडौ)
१५. डा दिलकुमार प्रधान (भारत)
१६. विदुप्रकाश कायस्थ (काठमाडौ)
१७. रत्न बज्र लामा (काठमाडौ)
१८. देवीका मंग्राती राई (दार्जिलिङ)
१९. गीता निरौला (नेपाल)
२०. अमित थापा (नेपाल)
२१. खगेन्द्र अधिकारी अमृत (सुर्खेत)
२२. आनन्द दिक्षित (नेपाल)
२३. भीमबहादुर खनाल (नेपाल)
२४. चक्षु भट्टराई (काठमाडौ)
२५. कृष्ण गौतम (सुनसरी)
२६. लावण्य क्षेत्री (नेपाल)
२७. पुष्पा शर्मा (नेपाल)
२८. रोहन गुरुङ (नेपाल)
२९. सुभद्रा ढकाल (काठमाडौ)
३०. सविता वराल (काठमाडौ)
३१. सुशीला ढकाल अधिकारी (काठमाडौ)
३२. पूर्ण कुमारी क्षेत्री (नेपाल)
३३. डिल्लीराम नेपाल (काठमाडौ)
३४. जीतबहादुर छन्त्याल (नेपाल)
३५. महेश प्रधान (भारत)
३६. मीलन रुचाल (भारत)
३७. सयपत्री थुलुङ (जापान)
३८. सृजना शर्मा (नेपाल)
३९. सिन्धु पौडेल (इजरायल)
४०. ओम श्रमिक (मोरङ)
४१. औतारी साइँला (वेलायत)
४२. गणेश खड्का (सिशेल्स)
४३. रमेन्द्र कोइराला (सुनसरी)
४४. कुमारी क्षेत्री (नेपाल)
४५) मिलन रुचल (नेपाल)

समापन,
२५६५ औ बुद्ध जयन्ती कार्यक्रम "सिर्जना र बोधिविमर्श" मा उपस्थिति प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू अतिथिज्यूहरु, सल्लाहकारज्यू, प्रत्यक्ष उपस्थित केन्द्रीय तथा शाखाका सम्पूर्ण पदाधिकारीज्यूहरु, प्रतिनिधिज्यूहरु लगायत सामजिक सञ्जाल फेसबुकबाट साथ् दिनुहुने सम्पूर्ण-सम्पूर्णमा हार्दिक-हार्दिक आभार व्यक्त गर्दै बुद्धमा समर्पित आजको कार्यक्रमलाई सभाध्यक्ष तथा विनेसाम केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यूले समापन अग्र्नु भयो I




Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com