केन्द्र र आजीवन सदस्यको संयुक्त सिर्जना वाचन

१५ मे २०२१,
विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको नियमित सिर्जना वाचन कार्यक्रम आज (१५ मे २०२१ शनिवार) भर्चुअल्ली भव्य रुपमा सम्पन्न भयो I

नेपाली भाषा साहित्यको उन्नयन तथा विकाश हेतु विनेसाम केन्द्रले विभिन्न साहित्यिक गतिविधिहरु गर्दै आएको छ I  प्रकाशनको कार्य, विभिन्न विधामा प्रतियोगिता, अनुवाद तथा अनलाइन इ-पत्रिका प्रकाशन आदि I यस्तै भर्चुअल रुपमा हरेक महिनाको पहिलो शनिवार विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई निम्त्याएर संवाद गर्दै आएको छ कार्यक्रम 'बिम्ब र विमर्श' र हरेक महिनाको १५ तारिक कुनै न कुनै शाखा वा आजीवन सदस्यहरुसँग संयुक्त सिर्जना वाचन गरिंदै आएकोमा आज विभिन्न देशमा रहनु भएका आजीवन सदस्यज्यूहरुसँग संयुक्त सिजर्ना वाचन गरियो I


आजको सिर्जना वाचन कार्यक्रमको सुरुवात कवि समा श्रीको सुन्दर कविता ''ईश्वर अवस्य मर्ने छ'' बाट प्रारम्भ भै, अफगानिस्तान, अफ्रिका,हङकङ, डेल्ली/भारत,ताइवान, सेसेल्स, इजरायल, जपना, धरान/नेपाल,अमेरिका, म्यान्मा, मस्को/रसिया आदि ठाउँबाट सहभागी रहनु भएका केन्द्रीय पदाधिकारीज्यूहरु तथा आजीवन सदस्यज्यूहरुबाट निकै सुन्दर कविता, गजल, मुक्तक, शसक्त नारा कविता आदि वाचन भए I

आजको नियमित सिर्जना वाचन कार्यक्रममा प्रत्यक्ष उपस्थित, ,

- सल्लाहकार= प्रा डा भिम खतिवडा (धरान/सुनसरी)

- अध्यक्ष = सुरेन्द्र लिम्बू परदेशी (भारत)
- वरिष्ठ उपाध्यक्ष = डा लेखनाथ काफ्ले (ताइवान)
- उपाध्यक्ष = डेन्जोम साम्पाङ्ग  (अमेरिका )
- महासचिव = सुनिता राई कन्दङ्वा (इजरायल)
- सचिव = डा मनमुर्ति भुर्तेल (मस्को/रसिया)
- सहसचिव = भुवन रोका (जापान)
- कोषाध्यक्ष  = केबी पौडेल (नेपाल)
- सदस्य = डा नाज सिंह (डेल्ली/भारत)
- सदस्य = मोहनराज खनाल (म्यान्मा)
- सदस्य = चाम्लिङ्ग राई (नेपाल)
- सदस्य =  ममता तामाङ्ग (अमेरिका)

. . आजीवन सदस्यज्यूहरु...
- समा श्री (नेपाल)
- केदार संकेत सुनुवार (अफगानिस्तान)
- हिक्मत थापा (अफ्रिका)
- पुर्णिमा जी शाह (हङकङ)
- गणेश खड्का (सेसेल्स)
- कमला भण्डारी ढकाल )
- भीमा थापा (इजरायल)
-  बिमला ढुंगाना (इजरायल)
- सिन्धु पौडेल (इजरायल)

निकै सुन्दर प्रस्तुति रहेको आजको सुन्दर विधुतीय सिर्जन सभालाई स्वागत मन्तव्य सचिव डा मनमुर्ति भुर्तेलज्यूले राख्नु भयो भने कार्यक्रम संचालन महासचिव सुनिताले गरिन् I विनेसाम केन्द्रद्वारा आयोजित नियमित सिर्जना वाचन कार्यक्रममा उपस्थित् सल्लाहकारज्यू, आजीवन सदस्यज्यूहरु, केन्द्रीय पदाधिकारीज्यू साथै लाइभमा जोडिएर साथ् दिनुहुने सम्पूर्ण सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै आजको कार्यक्रमको समापन अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यूले गर्नु भयो I


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com