विनेसाम केन्द्रले मातातीर्थ औँसी भव्य मनायो

११ मे २०२१,

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिनको अवसरमा आयोजित कार्यक्रम ''आमाको माया'' भर्चुअल्ली भव्य रुपमा सम्पन्न गर्यो I

नेपाली साहित्यको उन्नयन विकाशमा निरन्तर लागिपरेको महासङ्घले विभिन्न प्रकाशन, अनुवाद तथा प्रतियोगिताका साथै भर्चुअल कार्यक्रमहरु आयोजना गरी साहित्यिक गतिविभिहरु सक्रिय रुपमा गर्दै आएको छ I यस्तै विभिन्न पर्व र अवसरहरुमा पनि साहित्यिक कार्यक्रमहरु गरी विशेष बनाउने गरेको छ I यस्तै आजको कार्यक्रम ''आमा विशेष'' पनि एक हो I वरिष्ठ साहित्यकार, कवि, लेखिका तथा पूर्व सांसद कुन्ता शर्माज्यूको प्रमुख आतिथ्य तथा प्राज्ञ वरिष्ठ साहित्यकार लेखिका सुलोचना मानन्धर धितालज्यू विशिष्ट अतिथि साथै कवि मनु लोहोरङ् राई र रत्न बज्र लामाज्यू अतिथि लगायत विनेसाम केन्द्र र शाखाहरु बाट जोडिनु भएका पदाधिकारीज्यूहरु आजीवन सदस्यज्यूहरुको उपस्थितिमा मातातीर्थ औँसी कार्यक्रम निकै सुन्दर सिर्जनात्मक बन्यो I 

'आमाको माया' थिम राखिएको आजको साहित्यिक कार्यक्रममा कविता, छन्द कविता, गजल, मुक्तक लगायत थुप्रैखाले सिर्जनाहरु प्रस्तुत भए I

विश्वनै महामारीको चपेटामा परेर मान्छेहरु तनावमा रहेको यस घडी यस्ताखाले सिर्जनात्मक कार्यक्रमले उर्जा दिने भन्दै विशिष्ट अतिथि प्राज्ञ सोलोचना मानन्धर धितालज्यूले कार्यक्रमको प्रशंसा गर्दै एउटा सुन्दर कविता प्रस्तुत गर्नु भयो I

संसारलाई एकापट्टी राखेर अर्को पट्टि आमालाइ मात्रै रकहने हो भने पनि आमा नै ठुलो हो I आमाको जतिकै प्रशंसा गरे नि त्यो कमै हुन्छ I आमा प्रथम विद्यालय हुन् I उनको समर्पण र त्याग अपम्पार छ I आमा सँगसँगै बुवालाई पनि उतिकै सम्मान श्रद्धा गरौँ , कर्तव्य बाट नभागौं भन्दै निकै उर्जावान सुन्दर कायक्रमको भनि खुलेर प्रशंसा गर्नु भयो आजको कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार लेखक कवि कुन्ता शर्माले I

यस्तैगरी अतिथि सामाजिक अभियन्ता रत्न बज्र लामाज्यूले पनि आमा प्रतिको सुन्दर साहित्यिक कार्यक्रमको उत्कृष्ट भएको भन्दै आफ्नो आमा नभए नि तमाम आमाहरुलाइ सम्झंदै शुभकामना दिनु भयो I

आजको कार्यक्रममा उपस्थित;
१ - अध्यक्ष = सुरेन्द्र लिम्बू परदेशी (भारत) 
२ - वरिष्ठ उपाध्यक्ष = डा लेखनाथ काफ्ले (ताइवान)
३ - उपाध्यक्ष = डेन्जोम साम्पाङ्ग (अमेरिका)
४ - महासचिव = सुनिता राई कन्दनङ्वा (इजरायल)
५ - सचिव = डा मनमुर्ति भुर्तेल (मस्को/रसिया)
६ -सहसचिव = भुवन रोका (जापान)
७ - सदस्य = मोहनराज खनाल (म्यान्मा)
८ - सदस्य = राहुल राई बोगिको (मणिपुर/भारत)
९ - सदस्य = कल्पना पौडेल जिज्ञासु (नेपाल)


१०- प्रमुख अतिथि = कुन्ता शर्मा सुनसरी)
११- विशिष्ट अतिथि = प्राज्ञ सुलोचना मानन्धर धिताल (काठमाण्डौ)
१२ - अतिथि =  सामाजिक अभियन्ता - रत्न बज्र लामा (वौद्ध/काठमाण्डौ)
१३ - अतिथि = कवि - मनु लोहोरुंग राई (अमेरिका)

१४ - कृष्ण गौतम (इटहरी/सुनसरी)
१५ - देविका मंग्राती राई (खर्साङ्ग)
१६ - सयपत्री थुलुङ्ग (जापान)
१७ - अहिल्य कुन्वार (बेलायत)
१८ - रेखा पन्त (इजरायल)
१९ - अमित थेवे (बेलायत)
२० - फटिक थापा (काठमाण्डौ)
२१ - भीमा थापा (इजरायल)
२२ - मनोज कँडेल (ताइवान)
२३ - मुना सिग्देल (झापा)
२४ - संगम सुधा थापा (दार्जिलिङ)
२५ - सुमन मेवाहांग (झापा)
२६ - जानु काम्बंगा (बेलायत)
२७ - शान्ति भुजेल (दार्जिलिङ)
२८ - मीना राई (खर्साङ्ग )
२९ - सिन्धु पौडेल (इजरायल)
३० - वेसर्ज लिम्बू (नेपाल)
३१ - किरण चाम्लिङ्ग (नेलायत)
३२ - सुभद्रा भण्डारी 
३३ - कमला भादारी ढकाल (इजरायल)
३४ - प्रेम न्यौपाने प्रहर (सिक्किम)
३५ - सुमित्रा सुमी (नुवाकोट/नेपाल)
३६- पुजन मिश्र (भक्तपुर)

मातातीर्थ औँसी यानकी आमाको मुख हेर्ने दिन आमामा समर्पित कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सहसचिवले  राख्नु भयो संचालन महासचिव सुनिताले गरिन् I  प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अतिथिज्यूहरु, विनेसाम केन्द्र र विभिन्न शाखाहरुबाट उपस्थिति हुनु भएका साथै आजीवन सदस्यज्यूहरु लगायत सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै आजको आमा विशेष सिर्जना वाचन कार्यक्रमका सभाध्यक्ष विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यूले एउटा सुन्दर कविता पाठ गर्दै कार्यकमको समापन घोषणा गर्नु भयो I



Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com