विनेसाम केन्द्रले शुभकामना तथा सिर्जना वाचन कार्यक्रम भव्य रुपमा सम्पन्न गर्यो

१४ अप्रिल २०२१,

विश्व नेपाली साहित्य महसङ्घ, विश्व केन्द्रीय समितिद्वारा आयोजित '' नयाँ बर्ष २०७८ को शुभकामना आदानप्रदान तथा सिर्जना वाचन'' कार्यक्रम आज १४ अप्रिल २०२१ बुधबार भर्चुअल्ली भव्य रुपमा सम्पन्न गर्यो I
सुन्दर शुभकामना मुक्तकका साथ् सुरु भएको विधुत सभा कार्यक्रममा विनेसाम केन्द्रीय सचिव डा मनमुर्ति भुर्तेलज्यूको स्वागत मन्तव्य सँगै सुचारु रुपमा गति लियो I नेपाली साहित्यका नक्षत्र बहुमुखी प्रतिभाका धनि, बसाइ उपन्यास लेखेर नेपाली साहित्यलाई धन्या बनाउनुहुने, हामी सबैको अत्यन्तै आदरणीय वरिष्ठ साहित्यकार, दर्जनौँ पुस्तकका सर्जक, दर्जनौँ पुरस्कार तथा सम्मानद्वारा विभूषित श्री लिलबहादुर क्षेत्रीज्यूको प्रमुख आतिथ्य 
तथा
नेपाली भाषा साहित्यका वरिष्ठ विद्धन ४३ वटा भद्ना बढी पुस्तकका लेखक, समालोचक, डायस्पोरा र उत्तरआधुनिकतालाई नेपाली साहित्यमा परिचित गराउनुहुने, अनेक पुरस्कार तथा सम्मानद्वारा विभूषित प्रा डा गोविन्दराज भट्टराइज्यू विशिष्ट अतिथि 
साथै विशेष अतिथिज्यूहरु ...
नेपाली भाषा साहित्यका वरिष्ठ व्यक्तित्व, अनुसन्धानकर्ता, ''नेपाल विद्या'' का सर्जक र गोरखापत्रका सहसम्पादक केदार बाशिष्ठज्यू , 
धिमाल भाषासाहित्यका ज्ञाता, धिमाल जातिमै विद्यावारिधि गर्ने पहिलो डा सोम बहादुर धिमाल आदिबासी जनजाती साहित्यकार तथा लेखक महसङ्घका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ,
सम्पदा अभियन्ता, युएनमा बिगत १५ बर्षदेखी सञ्चार विज्ञ रुपमा कार्यरत र अहिले भर्खरै अवकाश प्राप्त गरी हाल सक्रिय सामाजिक अभियन्ता रुपमा कार्यरत विधुप्रकाश कायस्थज्यू , 
अत्यन्त शालीन व्यक्तित सामाजिक अभियन्ता रत्न बज्र लामाज्यू , 
साहित्यकार, साहित्यिक चौतारी नेपालकी केन्द्रीय अध्यक्ष गीता भण्डारीज्यू 
लगायत..
विनेसाम केन्द्रीय पदाधिकारीज्यूहरु साथै विभिन्न शाखाहरु बाट उपस्थित हुनुभएका पदाधिकारीज्यूहरु प्रतिनिधिज्यूहरु तथा आजीवन सदस्यज्यूको गरिमामय उपस्थितिले आजको नयाँ बर्ष शुभकामना आदानप्रदान तथा सिर्जना वाचन कार्यक्रम निकै भव्य रुपमा सम्पन्न गरियो I

कार्यक्रममा थुप्रै स्रष्टाहरुबाट कविता, गजल, गीत, मुक्तक, छन्द कविता आदि वाचन भएका थिए भने प्रमुख अतिथि, विशिष्ठ अतिथि तथा विशेष अतिथिज्यूहरुले पनि शुभकमना दिंदै सिर्जना वाचन गर्नु भएको थियो I 

= प्रमुख अतिथि : नेपाली साहित्यका वरिष्ठ साहित्यकार ..
  नेपाली नयाँ बर्ष २०७८ सबैमा फलोस् फुलोस्, राम्रो होस्, उन्नति प्रगति तथा सुस्वास्थ्य लाभको कामना गर्दै आफुले अझ थुप्रै गर्न बाँकी रहेको र नलेखी बस्नै नसक्ने भन्दै अझै थुप्रै कार्य पूर्ण गर्न बाँकी रहेको बताउनु भयो I परदेशमा रही विनेसामले यसरी साहित्यिक सेवा गरेकोमा निकै प्रसंशा गर्दै कार्यक्रममा सफलताको शुभकामना दिंदै एउटा छोटो सिर्जना वाचन गर्नु भएको थियो I

= विशिष्ट अतिथि : वरिष्ठ साहित्यकार, समालोचक, प्रा डा गोविन्दराज भट्टराई 
नयाँ बर्षको शुभकामना दिंदै विश्व नेपाली साहित्य महासङ्घले घरीघरी यसरी सम्झिएकोमा निकै प्रसन्न र प्रसंशा गर्दै सिर्जना वाचन गर्नुहुने सबैको निकै सुन्दर टिप्पणी गर्नु भयो I र, एउटा सुन्दर कविता ''आज पनि कीर्तिपुरमा उज्यालो भयो' सुनाउनु भयो I

विशेष अतिथिज्यूहरु...
- नेपाली साहित्यका वरिष्ठ लेखक साहित्यकार केदार बशिष्ठ ;
अनुसन्धानमुलक पुस्तक ''नेपाल विद्या'' का लेखक वहाँले विश्वका विभिन्न पुस्तकालय वा संग्राहलयमा नेपालको थुप्रै बौदिक सम्पत्तिहरू ऐतिहासिक प्रमाणहरु , नेपालमा भन्दा बिदेशमा बढी छन् I कतिपय चोरिबस र कतिपय किनेर लगिएका छन् त्यस्ता देशका सम्पत्ति/ सामग्रीहरुलाई खोजेर संकलन गर्न सके भावी सन्ततिलाइ नेपाल विश्वमा चिनाउन ठुलो मदत पुग्ने थियो भन्दै नव बर्षको शुभकामना प्रस्तुत गर्नु भयो I

- डा सोम ब धिमाल ;
धिमाल भाषासाहित्यका ज्ञाता, धिमाल जातिमै विद्यावारिधि गर्ने पहिलो डा सोम बहादुर धिमाल आदिबासी जनजाती साहित्यकार तथा लेखक महसङ्घका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ; वहाँले धनयवाद व्यक्त गर्दै- नेपाली नयाँ बर्षको अवसरमा शुभकामना व्यक्त गर्दै  एउटा सुन्दर कविता पाठ गर्नु भयो I

- विधुप्रकाश कायस्थ,
सम्पदा अभियन्ता, युएनमा बिगत १५ बर्षदेखी सञ्चार विज्ञ भइ कार्यरत र अहिले भर्खरै अवकाश प्राप्त गरी हाल सक्रिय सामाजिक अभियन्ता रुपमा कार्यरत वहाँले विश्व सम्पदा सुचिमा अहिलेसम्म १० वटा सम्पदाहरु परेकोमा ७ वटा काठमाण्डौ भित्रको परेको छ , राजधानी बाहिर बाट २ वटा प्राकृतिक सम्पदा परेका छन् सगरमाथा राष्ट्रिय निकुन्ज, चितवन राष्ट्रिय निकुन्ज र लुम्बिनी रहेको छ I र वहाँले यो पनि जानकरी गर्नु भयो कि राजधानी बाहिर रहेका ती थुप्रै सम्पदाहरुलाई खोजि गरी विश्व सम्पदा सुचिमा सुचिकृत गर्ने अभियानमा आफु रहेको र अहिले आफु पूर्वको सुन्दर इलामलाई पनि विश्व सम्पदा सुचिमा राख्ने तातो अभियानमा रहेको जानकरी गन्रु भयो र साथै समस्त साहित्यानुरागीहरुमा पनि विशेष अनुरोध गर्नु भएको छ यस सम्बन्धमा कलमद्वारा बुलन्द आवाज उठाउन I

- रत्न बज्र लामा;
सामाजिक अभियन्ता रत्न बज्र लामाज्यूले धन्यवाद प्रकट गर्दै नेपाली साहित्यमा रुची हुँदाहुँदै विभिन्न परिस्थितिका कारण छुट्नु परेको स्मरण गर्दै नयाँ बर्षको शुभकामना व्यक्त गर्नु भयो I

- गीता भण्डारी (साहित्यिक चौतारी नेपालकी केन्द्रीय अध्यक्ष);
निमन्त्रणाका निम्ति आभार व्यक्त गर्दै साहित्यकार गीता भण्डारीज्यूले सुन्दर कविता ''स्वागत छ नयाँ बर्ष '' प्रस्तुत गर्दै समस्तमा नयाँ बर्षको शुभकामना व्यक्त गर्नु भयो I

यसरी निकै सुन्दर तथा भव्य रुमपा सम्पन्न भयो ''शुभकामना आदानप्रदान तथा सिर्जना वाचन '' कार्यक्रम I
आजको कार्यक्रममा उपस्थिति ;

महासङ्घ विश्व केन्द्रीय समितिबाट:
सल्लाहकार,
१. प्रा डा भीम खतिवडा, धरान
२. डा मधु माधुर्य, अमेरिका
३. अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी, भारत
४. उपाध्यक्ष डेन्जोम साम्पाङ, अमेरिका
५. महासचिव सुनिता राई कन्दङ्वा, इजरायल
६. सचिव डा मनमूर्ती भुर्तेल, रसिया
७. उपसचिव भुवन रोका, जापान
८. साहित्य संचार संयोजक रमेश कँडेल, पोर्चुगल
९. आर्थिक सचिव केबी पौडेल, काठमाडौं
१०. सदस्य गोविन्द गौतम, रसिया
११. अमित चाम्लिङ, कुवेत
१२. डा नाज सिंह, दिल्ली

१३. प्रमुख अतिथि शी लीलबहादुर क्षेत्री, असम
१४. विशिष्ट अतिथि प्रा डा गोविन्दराज भट्टराई, काठमाडौं
अतिथिहरू:
१५. डा सोमबहादुर धिताल, काठमाडौं
१६. केदार वशिष्ठ, काठमाडौं
१७. विधुप्रकाश कायस्थ, काठमाडौं
१८. रत्न बज्र लामा, काठमाडौं
१९. कमला भण्डारी, नेपालगञ्ज
२०. सिन्धु पौडेल, इजरायल
२१. शान्ति भुजेल, दार्जिलिङ
२२. शंकर ढकाल, सिलिगुढी
२३. डी बी पिठाकोटे, युके
२४. प्रेम न्यौपाने, सिक्किम
२५. नवीन यात्री, इजरायल
२६. सुमित्रा भण्डारी,इजरायल
२७. कमला भण्डारी, इजरायल
२८. सुरेन्द्र प्रसाईं, इजरायल

२९. कृष्ण गौतम, इटहरी
३०. बिमन किराती, जापान
३१. औतारी साइँला, वेलायत
३२. देविका मग्रान्ती राई, दार्जिलिङ
३४. केशर घलन तामाङ, कुवेत
३५. संगम सुधा, दार्जिलिङ
३६. अमित याक्थुङबा, युके

कार्यक्रमको अन्त्यमा प्रत्यक्ष उपस्थित् हुनुहुने आदरणीय प्रमुख अतिथि लीलबहादुर क्षेत्रीज्यू, विशिष्ट अतिथि प्रा डा गोविन्दराज भट्टराइज्यू, विशेष अतिथिज्यूहरु; डा सोम ब धिमाल , केदार बशिष्ठ, विधु प कायस्थ, रत्न बज्र लामा, गीता भण्डारी, सँस्थाका सल्लाहकार डा मधु श्रेष्ठज्यू, प्रा डा भीम खतिवडाज्यू , केन्द्रीय पदाधिकारीज्यूहरु, विभिन्न शाखा बाट उपस्थित हुनु भएका सम्पूर्ण पदाधिकारी तथा प्रतिनिधिज्यूहरु, आजीवन सदस्यज्यूहरु साथै लाइभामा प्रत्यक्ष जोडिनु भएका समस्त साहित्यिक मनहरुमा हार्दिक धन्यवाद आभार प्रकट गर्दै आजका सभाध्यक्ष तथा विनेसमा केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यूले कार्यक्रमको समापन गर्नु भयो I 






Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com