विनेसाम केन्द्रले शोकसभा सम्पन्न गर्यो

१० अप्रिल २०२१,

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले वरिष्ठ सल्लाहकार श्री कृष्णप्रकाश श्रेष्ठज्यू तथा उपाध्यक्ष सावित्रा लुइँटेल घिमिरेज्यूको स्मृतिमा आयोजना गरेको ''शोकसभा'' भर्चुअल कार्यक्रम भव्य रुपमा आज (१0- अप्रिल २०२१ शनिवार) सम्पन्न भयो I

आसन ग्रहण पश्चात् दुवै स्रष्टाको सम्मानमा एक मिनेट मौन धारण गरियो I त्यसपछि आजको शोकसभाका विशेष वक्ता विनेसाम केन्द्रका संस्थापक अध्यक्ष तथा अहिलेका सल्लाहकार डा मधुकृष्ण श्रेष्ठज्यूले नेपाली भाषा-साहित्य संस्कृतिलाइ रुसीमा र रुसी भाषा साहित्यलाई नेपालीमा अनुवाद गरि वहाँले एकअर्काको साहित्य संस्कृतिलाई बुझ्न बुझाउन सेतुको रुपमा महत्वपूर्ण कार्य गर्नु भयो Iअध्यान/अनुसन्धान गर्नु भयो I नयाँ पिंडीलाई सदा प्रेरणा, उर्जा, साथ्/सहयोग गर्नुहुने सबैको प्रिय, अत्यन्त शालीन व्यक्तित्व, बहुमुखी प्रतिभाका धनि आदरणीय कृष्णप्रकाश श्रेष्ठज्यूबारे जतिनै गरे/बोले पनि त्यो कम हुन्छ I वहाँको देहावसानले नेपाली साहित्यमा अपुरणीय क्षति पुगेको छ I वहाँ एक व्यक्ति सङ्सँगै आफैं एक सिङ्गो संस्था पनि हुनुहुन्थ्यो I अब वहाँको योगदानको चर्चा मात्र होइन अधुरा कार्य/कृतिहरु प्रकाशित गर्नुपर्छ भनि सुन्दर सुझाव समेत दिनु भयो डा मधुमाधुर्य श्रेष्ठले र साथै उपाध्यक्ष सावित्रा लुइँटेल घिमिरेज्यूको असामयिक निधन प्रति गहिरो दुख व्यक्त गर्दै केही गर्नुपर्ने कुरा सुझाउनु भयो I

र, साथै सँस्थाकी अत्यन्त सक्रिय सबैकी प्रिय उपाध्यक्ष सावित्रा लुइँटेल घिमिरेज्यू बारे विनेसाम शाखा प्रदेश न: १ की अध्यक्ष मुना सिग्देलज्यूले बोल्नु भयो I सबैलाई केही गर्न झक्झक्याउने सुझाउने उर्जाशील व्यक्ति नेपाली साहित्यलाई हुरुक्क भै माया गर्ने मेरानिम्ति अत्यन्तै प्रेरणादायी आमा साथी सबैखाले भूमिकामा तयार सावित्रा दिज्यूलाई धेरै सम्झे अब वहाँका अधुरा सपनाहरु पूरा गर्न सुझाउदै स्थितिलाई निकै भावुक बनाउनु भयो मुना सिग्देलज्यूले I

आजको ''शोकसभा'' कार्यक्रममा विशेष काठमाण्डौबाट जोडिनु भएका स्व: कृष्णप्रकाश श्रेष्ठज्यूसँग निकै सालदेखि निकट रही विभिन्न विधा, विषय, साहित्य, कला, संस्कृति, सम्पदा बारे निरन्तर छलफल गर्नुहुने डा मदन मानन्धरज्यू, रत्न बज्र चाइनिज लामाज्यूले कृष्णप्रकाश श्रेष्ठको सच्चा श्रद्धाञ्जली वहाँको कृतिहरु प्रकाशन गर्नमा रहेको छ भनि अधिकाम्सको मत प्राय एकै थियो I नेपाली साहित्यलाई ठुलो क्षति पुगेको भन्दै अब दुवै स्रष्टाको कृति तथा वहाँहरुको नाममा केहि राम्रा कार्य गरिनुपर्नेमा ध्यानाकर्षण गर्नु भयो  केन्द्रीय सल्लाहकरज्यूहरु लगायत केन्द्रीय पदाधिकारीज्यूहरु, शाखाबाट उपस्थित पदाधिकारी तथा प्रतिनिधिज्यूहरु, आजीवन सदस्यज्यूहरु सम्पूर्णले स्व: दुवै स्रष्टाको मुक्तकण्ठले प्रसंसा गर्दै वहाँहरुको कृति प्रकाशनमै जोड दिनु भएको थियो I विशेष आज  कृष्णप्रकाश श्रेष्ठज्यूको सुपुत्री झन्ना तथा वहाँको श्रीमान् श्याम उपाध्याय उपस्थित् भइ कार्यक्रम आयोजक प्रति धन्यवाद भन्दै कृष्णप्रकाश श्रेष्ठज्यूको अप्रकाशित कृतिहरु प्रकाशित गर्न अब हामी सबै मिलेर प्रकाशित गर्नुपर्ने कुरामा जोड दिनु भयो I

शोकसभा कार्यक्रमको उपस्थिति:

1- मदन मानन्धर, काठमाडौं मन्तव्य
2- रत्नबज्र चाइनीज लामा, काठमाडौं मन्तव्य
3- कविता लामा, सिक्किम मन्तव्य
4- विश्वासदीप तिगेला, युके मन्तव्य
5- के बी पौडेल, काठमाडौं
6- शंकर ढकाल, सिलिगुढी
7- सुरेन्द्र लिम्बू परदेशी, लखनऊ समापन
8- विधु कायस्थ , काठमाण्डौ मन्तव्य
9- कल्पना पौडेल जिज्ञासु, नेपाल
10- डा नाज सिंह, दिल्ली मन्तव्य
11- रमेश कँडेल, पोर्चुगल
12- ओम श्रमिक, मोरङ
13- सुरेन्द्र प्रसाईं म, इजरायल मन्तव्य
14- डा मनमूर्ती भुर्तेल, रसिया मन्तव्य
15- सुनिता राई कन्दङ्वा, इजरायल संचालन
16- मनोज कँडेल, ताइवान
17- डा मधु माधुर्य, अमेरिका मन्तव्य
18- भीमा थापा, इजरायल
19- गोविन्द गौतम, रसिया
20- श्याम उपाध्याय, भिएना, मन्तव्य
21- राहुल राई बोगिको, मणिपुर
22- नवीन यात्री, इजरायल मन्तव्य
23- शंकर पन्थी, ताइवान
24- औतारी साइँला, यु के
25- चेतनारायण ज्ञवाली, ताइवान
26- दिपेश दाहाल, ताइवान
27- मुना सिग्देल आत्रेय, मोरङ मन्तव्य
28- मारिना श्रेष्ठ, रसिया मन्तव्य
29- राजकुमारी श्रेष्ठ,इजरायल मन्तव्य
30- कमला भण्डारी, इजरायल मन्तव्य
31- झान्ना, रसिया मन्तव्य
32- देविका मंग्राती राई, भारत मन्तव्य
33- अमित याक्थुङ्बा मिहाङ् - युके मन्तव्य

सकेसम्म धेरैलाई जोडेर गरिएको यो भर्चुअल कार्यक्रम निकै भव्य रुपमा सम्पन्न भयो I शोकसभामा प्रत्यक्ष उपस्थित् हुनु भएका नेपालबाट जोडिनु भएका विशेष व्यक्तित्वहरु, कृष्णप्रकाश श्रेष्ठज्यूका छोरी/जुवाई सल्लाहकारज्यूहरु, विभिन्न शाखाबाट उपस्थित् पदाधिकारी तथा प्रतिनिधिज्यूहरु, आजीवन सदस्यज्यूहरु र लाइभबाट हामीसँग जोडीनु हुने समस्तमा हार्दिक आभार व्यक्त गर्दै शोकसभा कार्यक्रमको समापन सभापति तथा विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यूले गर्नु भयो I








Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com