विनेसाम केन्द्र र शाखा ताइवानको संयुक्त सिर्जना वाचन भव्य

१५ मार्च २०२१,

विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले शाखा ताइवान सँग संयुक्त सिर्जना वाचन कार्यक्रम '' सिर्जना वाचन र विमर्श'' को दसौँ शृंखला भर्चुअल्ली भव्य रुपमा समपन्न गर्यो I

हरेक महिनाको पन्द्र तारिक नियमित रुपमा सिर्जना वाचन गर्दै आएको विनेसाम लेन्द्रले यसपटक शाखा ताइवानसँग गर्यो I नेपाली भाषा साहित्यको उन्नयन विकास तथा श्रीवृद्धिमा निरन्तर सक्रिय रुपमा लागिरहेको विनेसाम केन्द्रले विभिन्न साहित्यिक गतिविधिहरु गर्दै आइरहेको छ I संसारमा जहाँ नेपालीहरु पुगेका छन् त्यहाँ नेपाली भाषा पुग्नुपर्छ भन्ने मूल उदेश्य लिई नेपाली भाषा चिनाउन लागिपरेको छ विश्व नेपाली साहित्य महासङ्घ I विभिन्न देशमा स्थापित आफ्ना शाखासँग साहित्यिक यात्रा गरिरहेको विनेसाम केन्द्रले यसपटक शाखा ताइवान सँग सिर्जना वाचन कार्यक्रम गरेको हो I

विशेष केन्द्र र शाखा बिचको सम्बन्धलाइ अझ साहित्यिक मजबुत, बलियो बनाउन सुरुवात भएको यो सिर्जना वाचन कार्यक्रम निकै प्रभावकरी बनेको छ I केन्द्रिय सदस्य डा नाज सिंहको कविता बाट सुरु भएको आजको प्रत्यक्ष  ''सिर्जना वाचन र विमर्श' कार्यक्रममा मुक्तक. कविता, गजल, लघुकथा आदि प्रस्तुत भएका थिए I  यस सिर्जना वाचन कार्यक्रमलाई अझ फरक र विशेष बनाउन प्रत्यक्ष समिक्षा साथै विश्लेक्षण गर्ने परम्पराको थालनी गरिएको छ I यसपटकको समीक्षक केन्द्रीय उपाध्यक्ष  डेन्जोम साम्पाङ्गले गर्नु भयो भने संस्थापक पुर्व अध्यक्ष डा मधु माधुर्य हुनुहुन्थ्यो I 

समिक्षक र विश्लेषकले प्रत्यक्ष प्रस्तुत सबैखाले सिर्जनाहरु बारे निकै सुन्दर समिक्षा गर्नु भएको थियो र विश्लेषक डा मधु माधुर्यले उक्त दिन वाचन गरिने सिर्जनाहरु समिक्षक समक्ष अग्रिम पुगे सुक्ष्म रुपमा त्यसलाई केलाएर समिक्षा गर्दा अझ न्याय गर्न सकिन्थ्यो भनि सुन्दर सुझाव दिनु भयो I


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com