गीत By सावित्रा लुइँटेल घिमिरे

गीत
सद्भाव र भाइचाराको अँगालोमा रमाएर
अघि बढौं सहृदयता मूल मन्त्र बनाएर ।

नयाँ बिहान उदाउन अँध्यारो अस्ताउनुपर्छ
देशमा परिवर्तन ल्याउन युवा जग्मगाउनुपर्छ
ठूलो सानो उच-नीच भाव मनैबाट हटाएर
अघि बढौं सहृदयता मूल मन्त्र बनाएर

समयको रफ्तारसँगै बाँच्न सिक्नु पर्छ यहाँ
खोजौं शान्ति परिवर्तन ,जन्मे सीता बुद्ध जहाँ
देशको निम्ति त्यागौ स्वार्थ चन्द्र सूर्य उठाएर
अघि बढौं सहृदयता मुल मन्त्र बनाएर

विज्ञान र प्रविधिको बिस्तार गरौं स्वदेशमा
त्यागौं खाडी विकासको बिज छरौं स्वदेशमा
विश्वमाझ चिनाऊँनु छ मातृभूमि सजाएर
अघि बढौं सहृदयता मुला मन्त्र बनाएर

सावित्रा लुइँटेल घिमिरे
झापा विर्तामोड

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com