गोरुबथान (निस) माघ्ग ४,
विश्व नेपाली साहित्य महासंघ भारत शाखाको आयोजनामा गजलकार संगम सुधाको गजल संग्रह असिनाको फूल कालेबुङ कुमुदिनी विद्यालयको धर्म हलमा लोकार्पण गरियो।
विभिन्न स्थानहरुबाट आउनु भएको साहित्यिक सर्जकहरुको उपस्थितिले कार्यक्रम सफल भएको थियो। नुरन राई जुदुले सन्चालन गरेको यस कार्यक्रममा संस्थाकी मूल सचिवा सुमित्रा अबिरलले स्वागत भाषण राखेकी थिइन्।कवियत्री देविका मंग्रातीले गजलकार संगम सुधाको सविस्तार परिचय राखिन्।
यस महत्वपूर्ण कार्यक्रममा गजलकार निरु बिन्दु रचित छेत्री,अमरकृत राईले आफ्नो रचनाहरु प्रस्तुत गरे।यस कोरोनाकालको साहित्य संरक्षण अनि सम्वरद्धन गर्नमा सहयोग पुर्याउने फेसबुक पेजका संस्थापकहरु तथा केही इलेक्ट्रोनिक् मिडियालाई पनि सम्मान जनाइएको थियो।
मुख्य अतिथी तथा अतिथीगणको बाहुलीबाट असिनाको फूल नामक कृतिको विमोचन गरियो। कवयत्री मन्जुला सुब्बाले धन्यबाद ज्ञापन गरिन् भने दिवसीय अध्यक्ष राहुल बोगि राईले कार्यक्रम समाप्तिको घोषणा गरे।