गजल

मौनतामा दु:खाइ देखेनौ तिमिले
बिछोड र तड्पाइ बुझेनौ तिमिले ।

बारबार जल्यो मन भएन खरानी
ठोसिरहन आगो छोडेनौ तिमिले।

म सादा पानामा रङ्ग भरी खनायौ
उडान भरेर चङ्गा थामेनौ तिमिले ।

नाफाको बाटोमा चल्ने पो परेछौ
सुन र पित्तललाई चिनेनौ तिमिले ।

धेरै उचाईमा पुगेछौ बनेछौ घमण्डी
गुमायौ अबसरहरु जितेनौ तिमिले

कमला भण्डारी ढकाल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com