कार्यक्रममा शाखाका साहित्यकार वसु श्रेष्ठ, साहित्यकार सीता बिष्ट कार्की र साहित्यकार संजाल शर्माले कविता वाचन गर्नु भएको थियो भने ढुण्डिराज ढकालले गित गाएर कार्यक्रमको थप सौन्दर्य बढाउनु भएको थियो त्यसैगरी बरिष्ठ साहित्यकार कल्पना पौडेल "जिज्ञासु" तथा कल्पना राईले गजल वाचन गर्नु भएको थियो भने सुभद्रा घिमिरे, केशु पोखरेल खनालले मुक्तक वाचन गर्नु भएको थियो। लश्मी पुजा तथा उज्यालो पर्व तिहार अवसरमा आयोजित कार्यक्रमको अन्तमा डिजिटल देउसीभैलो खेली समापन गरिएको थियो।
लक्ष्मी पुजाको दिन जन्मीनु भएका देवकोटाको जन्म जयन्तिको अवसरमा विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको आयोजनामा आयोजित कार्यक्रममा नेपाल शाखाकि अध्यक्ष कल्पना पौडेल " जिज्ञासु" को अध्यक्षतामा सुरु भएको कार्यक्रममा शाखाका उपाध्यक्ष केवि पौडेलले कविता वाचन संगै स्वागत मन्तव्य राख्नु भएको भएको थियो भने संचालन शाखाका सचीव संजाल शर्माले गर्नु भएको थियो।