सेप्टेम्बर १५,
विश्व नेपाली साहित्य महासंघ विश्वकेन्द्रिय समितिले शाखा इजरायलसंग आज सेप्टेम्बर १५ तारिक 2020 (मंगलबार) चौथाैँ शृङ्खला सिर्जना वाचन सम्पन्न गर्यो ।
केन्द्रले नियमित रूपमा गर्दै आएको रचना वाचन शृङ्खलामा हरेक महिना एउटा शाखालाई समेट्ने गरिएको छ । तदनुसार यसपटक बिनेसाम शाखा इजरायललाई समेटीएको हो। यसखाले संयुक्त सिर्जना पाठले केन्द्र र शाखा बिचको सम्बन्ध अझ सुमधुर तथा मज्बूत बन्ने अपेक्षा र विश्वासका साथ यो कार्यक्रम सुरु गरिएको हो र यो साच्चै फलदायी बनेको छ। यसैले महिनामा एउटा शाखालाई समेट्दै आएको छ केन्द्रले । यसरी गरिने दोहोरो साहित्यिक सम्वाद र कार्यक्रमले अझ शृजनसिल र बलियो बनाउने विश्वास लिएको छ बिनेसाम केन्द्रले ।
आजको चौथाैँ सिर्जना वाचन शृङ्खलामा उपस्थित....
बिगत लामो समयदेखी रसीयामा रहि नेपाली भाषा साहित्यको सेवा गरिरहनु भएका बिनेसाम केन्द्रिय सल्लाहकार कृष्णप्रकाश श्रेष्ठज्यू, पुर्वान्चल धरानमा रहेर लामो समयदेखि नेपाली भाषा साहित्य सेवामा अत्यन्तै सक्रिय प्रा डा भिम खतिवडाज्यू, यस्तैगरी ...
- अध्यक्ष - सुरेन्द्र लिम्बू परदेशी ( भारत )
- वरिष्ठ उपाध्यक्ष - डा लेखनाथ काफ्ले (ताइवान )
- उपाध्यक्ष - साबित्रा लुइँटेल घिमिरे ( इजरायल )
- महासचिव - सुनिता राई कन्दङ्वा ( इजरायल )
- साहित्य सञ्चार संयोजक - रमेश कँडेल ( पोर्चुगल )
...केन्द्रीय सदस्य
- डा नाज सिंह ( भारत )
- राहुल राई बोगिको ( भारत/मणिपुर )
- मोहनराज खनाल ( म्यान्मा )
- आर एल श्रमजिवी ( बेल्जियम )
- अमित चाम्लिङ ( कुवेत )
... बिनेसाम शाखा इजरायल ...
- अध्यक्ष - सुरेन्द्र प्रसाईं
- महासचिव - रेखा पन्त
- दीपक छेत्री
- भिमा थापा
आजको अन्लाईन रचना वाचन कार्यक्रम अत्यन्त फलदायी रह्यो । कार्यक्रम महासचिव सुनिता राई कन्दङ्वाले इजरायलबाट सञ्चालन गर्नु भएको थियो । बिनेसा शाखा इजरायललाई हार्दिक धन्यवाद तथा साहित्यिक उन्नतिको कामना गर्दै आजको सिर्जना वाचन कार्यक्रमका सभापति डा लेखनाथ काफ्लेले कार्यक्रम समापन गर्नु भयो ।