विनेसामद्वारा २०७ औँ भानु जयन्ती सम्पन्न

काठमाडौं, असार २९,

२९ असार २०७७ तदनुसार १३ जुलाई २०२० ,
विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिले आफ्नो दशौं वार्षिकोत्सव तथा २०७औ भानु जयन्ती अनलाइन जूम मार्फत एक भव्य कार्यक्रमको आयोजना गरी मनाएको छ । नेपाली भाषा साहित्यका बरिष्ठ विद्धान प्राध्यापक डा गोविन्दराज भट्टराईज्यूको प्रमुख आतिथ्या तथा बरिष्ठ कवि डा राजेन्द्र भण्डारीज्यूको  विशेष आतिथ्यमा कार्यक्रम निकै शान्त वातावरणमा भव्यताका साथ् सम्पन्न भयो ।
भारतीय नेपली साहित्यका बरिष्ठ कवि डा राजेन्द्र भण्डारीज्यूको केहि शव्द र कविता वाचनसँगै आजको साहित्यिक कार्यक्रमको पर्दा उघारिएको थियो ।

कार्यक्रम भानु विशेष भएकोले संस्थाको तर्फबाट भानु सम्बन्धि महत्वपूर्ण जानकरी सहित मन्तव्य सँस्थाका सल्लाहकार कृष्णप्रकाश श्रेष्ठज्यूले राख्नु भयो । बिगत पांच दशकदेखि मस्को/रसियामा रही नेपाली भाषा साहित्यको सेवा गरिरहनु भएका कृष्णप्रकाश श्रेष्ठज्यूले नेपाली साहित्यलाई धेरै भन्दा धेरै अनुवाद गर्नुपर्ने आबस्यकता औंल्याउदै वहाँहरुले रसियामा नेपाली साहित्यको उन्नतिका निम्ति राम्रो कार्यहरु गरिरहेको पनि जानकरी गराउनु भयो । यस्तै सँस्थाका बरिष्ठ उपाध्यक्ष डा लेखनाथ काफ्लेज्यूले पनि भानु सम्बन्धि निकै महत्वपूर्ण तथ्यहरु अनुसन्धान गरेर पस्कनु भएको थियो, डा काफ्ले लामो समयदेखि ताइवानमा प्राध्यापन गर्दै आउनु भएको छ । संस्थाका पूर्वाध्यक्ष बिस्वसदिप तिगेला ज्यूबाट पनि बिनेसाम बारे र भानु सम्बन्धि छोटो मिठो मन्तव्य राख्नु भयो । धरान/नेपाल बाट प्राध्यापक डा भिम खतिवडाज्यूले आदिकवि भानुभक्त सम्बन्धि निकै नै महत्वपूर्ण कुराहरु प्रस्तुत गर्नु भयो । भानुको देन , तत्कालिन समय सोंच र समाजिक संरचना र अहिले भैरहेका टिकाटिप्पणी तर्क बहस आदि बारे औधि राम्रो मन्तव्य राख्नु भयो । कार्यक्रमको उत्तरार्धमा प्रमुख अतिथि प्राध्यापक डा गोविन्दराज भट्टराईज्यूबाट रचना वाचन गर्नुहुने सबै वाचक/वाचिकाहरुको सुन्दर टिप्पणी प्रसंसा गर्दै उपस्थित सम्पूर्णलाई सम्बोधन तथा नेपाली भाषा साहित्य समेतको केहि चर्चा गर्दै विश्व नेपाली साहित्य महासङ्घ 'विश्व केन्द्रीय समिति'ले गर्दै आएको विभिन्न साहित्यिक सक्रियताको निकै प्रसंसा गर्नु भयो ।
यसरी भर्चुअल्ली भएको २०७ औं भानु जयन्ति कार्यक्रममा विभिन्न देशबाट थुप्रै पदाधिकारी ज्यूहरु, आजीवन सदस्यज्यू लगायत थुप्रैको उपस्थिति रहेको थियो ।
रचना वाचन गर्नुहुने पदाधिकारीज्यूहरु ;

डा नाज सिंह - कविता  (भारत) , 
हिक्मत थापा - कविता (अफ्रिका/नाइजेरिया)
खगेन्द्र अधिकारी अमृत - गजल (सुर्खेत/नेपाल)
प्रा डा भिम खतिवडा - कविता (धरान/नेपाल)
मुना सिग्देल - गजल (नेपाल)
अमित छालिङ्ग - कविता (कुवेत )
डा मनमुर्ति भुर्तेल - कविता (रसिया)
गोविन्द गौतम - कविता (रसिया)
कल्पना पौडेल 'जिज्ञासु' - गजल (काठमाडौं/नेपाल)
भुवन रोका - कविता (जापान)
तिर्थ संगम राई - कविता (कतार)
विजय हितान - इको-कविता (बेलायत)
टेक थापा - कविता (बेलायत)

कार्यक्रममा भर्चुअल्ली उपस्थित भएका महानुभावहरुलाई  महासंघ विश्व केन्द्रीय समितिकी उपाध्यक्ष सावित्रा लुइँटेल घिमिरेले इजरायलबाट स्वागत मन्तव्य राखेकी थिइन् । महासंघ विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई महासंघकी विश्व केन्द्रीय महासचिव सुनिता राई कन्दङ्वाले इजरायलबाट संचालन गरेकी थिईन् ।

त्यसैगरी विश्व नेपाली साहित्य महासंघका विभिन्न देशका राष्ट्रिय शाखाहरूले पनि भानु जयन्ती मनाएका छन् ।
विनेसाम नेपाल शाखाले विभिन्न सिर्जना वाचन गर्दै भानु जयन्ती मनाएको छ । त्यस्तै भारत शाखा साथै कुवेत शाखाले पनि विभिन्न सिर्जनाहरू वाचन गर्दै भानु जयन्ती मनाएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com