सिन्धुली हिँडेका सड्चालिस जनालाइ चलचित्रकर्मी र समाजसेवीको सहयोग..

काठमाडौं बैशाख ७,

रामशरण पाठक : लकडाउनको यो समय,  घरबाट ननिस्किन सरकारले उर्दि जारी गरेको छ । तर सानो सानो  समुह हुदै ४७ जना नयां मानिसहरु ललितपुर महालक्ष्मी नगरपालिका ९, साबिक लामाटार, डाडाथोकमा भेला हुन थाले । स्थानियले सोधखोज गर्दा उनिहरु सिन्धुली, गोलन्जोर जान हिडेका थिए । दुधे बच्चा, महिला सहित यति लामो बाटो हिडेका मानिसहरुको त्यो अबस्था साच्चै नै कारुणिक थियो । 
जयकृष्ण बोगटी, शशिधर पोखरेल जस्ता युवाहरुको सकृयतामा मनकारी स्थानियहरुले उनिहरुको लागि खानाको ब्यबस्था गरे । समाजसेवी राजेन्द्र पौडेलले ललितपुर काभ्रे सिमाना सम्म जान ट्रकको ब्यबस्था गरिदिने भएपछि त्यो खुसीको माहोललाई प्रहरीको उपस्थितिले करिव ३ घण्टा बिथोली दियो । माथीको आदेश नभै छोड्न नमिल्ने भनेपछि वडा अध्यक्ष बासु गौतमले पहल सुरु गरेपनि प्रहरीले मान्न ईन्कार गरिरहेको रिपोर्ट प्राप्त भैरहेको थियो । लामाटारमा ४७ जना पैदल यात्रुहरुको  विजोग भएको समाचार अनलाईन मेडियामा भाईरल भईरहेको थियो । 
हामीले यस विषयमा तथ्य जानकारी लिन त्यस क्षेत्रमा हाल विपत ब्यबस्थापनमा सकृय चलचित्रकर्मी राम शरण पाठकलाई फोन गर्दा उनले सरकार आफ्नो जनताप्रति गैर जिम्मेवार भएको अभिब्यक्ति दिदै भने ' सरकार जनता प्रति बेपरबाह हुन सक्छ तर हामी हाम्रो दाजुभाई दिदिबहिनीलाई बेहाल छोड्न सक्दैनौ, कुनैपनि हालतमा उहाहरु आज आफ्नो घर पुग्नु हुनेछ, प्रहरीले आफ्नो कर्तब्य निर्वाह गरिरहेको छ तसर्थ उनिहरुको मनोवल गिर्ने काम कहि कतैबाट नगरौ, सरकारको निर्णय न आएपनि सम्मानित अदालतले घर जान चाहानेलाई उचित ब्यबस्था गरिदिनु भन्ने आदेश आईसकेकोले जसरीपनि यो सेवा स्थानिय जनताले गर्नेछन ।' यति भनिरहदा उनले काभ्रेको सिमानाबाट रोशीसम्म त्यहाका स्थानिय समाजसेवीहरुले गाडि र खाजापानीको ब्यबस्था गर्ने निधो भैसकेको र त्यसपछिको ब्यबस्थाको लागि सिन्धुली निवासी चलचित्र निर्मात्री रज्जु प्रधानसङ्ग समन्वय गर्दै रोशीबाट नेपालथोक सम्म रोशी गाउपालिका प्रमुख डि बि लामाले र नेपालथोक देखी गोलन्जोर सम्म प्रदेश सभासद राजन दहालले सहयोग गर्ने प्रवन्ध मिलाउन लागेको जानकारी पनि दिए ।

भर्खर प्राप्त जानकारी अनुसार गएराति करिव पौने ९ बजे रोशी गाउपालिका प्रमुखको सहयोगमा नेपालथोक सम्मको लागि गाडि चढेका गोलन्जोरका जनताको उद्दार गर्न आफै खटिएका सभासद राजन दहालको त्यसै राती गाडि चढ्न सहयोग गर्ने क्रममा हात भचिएको छ । यो समाचार तयार गरिरहदा उहा धुलीखेल अस्पतालमा उपचार गराईरहनु भएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com