
गजल - केसब थापा
१)
नजर संग नजर जुधे पछि प्यार भो!!
इशारा मै चुम्बन मिले पछि प्यार भो!!
जिन्दगीको अर्थ बुझ्दै न बुझ्नेलाई!!
जिन्दगीको अर्थ बुझे पछि प्यार भो!!
छाता न हुदा साथमा हाम्रो ,खुल्ला!!
आकाश मुनी रुझे पछि प्यार भो!!
होला जे जे होला भन्दै आंखा चिम्लि!!
जवानीको भुमरीमा कुदेपछि प्यार भो!!
२)
लाग्दैन मलाई तिमले दास बनेर दियौ!!
जे जे दियौ आखिर बिन्दास बनेर दियौ!!
गरीनौ परवाह दुनियाको हरेक मोडमा!!
कदम कदम साथ विस्वास बनेर दियौ!!
थिए बिरोधी अनेकौ प्रस्न गर्नेहरूलाई!!
प्रेमको उत्तर खुला आकाश बनेर दियौ!!
गुन लगायौ यस्तो कैले न बिर्सिने गरी!!
म मर्न लाग्दा साहारा सास बनेर दियौ!!
३)
अन्धो र बहिरो जस्तै लाचार बन्यो सरकार!!
लुलो लङगडोको अख्तियार बन्यो सरकार!!
लुटिदा पनि इज्जत आफ्नै आमाको,हातमा!!
हतकडि बाने सरी बेकार @बन्यो सरकार!!
भयर पनि अर्थ भयन केहि त्यो खुकुरीको!!
खीयाखीया लागेको हतियार बन्यो सरकार!!
झुटा आस्वासन मै बन्यो जति पनि आखीर!!
जनताको खुन चुस्ने बारम्बार बन्यो सरकार!!
केसब थापा
गुलरीया बर्दिया
हाल भारत