‘नेपाली मुक्तकमा नारी हस्ताक्षर’ बोष्टनमा लोकार्पण . .

बोष्टन (अमेरिका) भदौ १९,

नेपाली मुक्तक विधामा लामो समयदेखि क्रियाशील कवि रमेश पौडेलद्वारा सम्पादित ‘नेपाली मुक्तकमा नारी हस्ताक्षर’ हालै अमेरिकाको बोष्टनमा सार्वजनिक गरिएको छ ।
गैरआवासीय नेपाली संघको भाषा साहित्य उपसमितिले प्रकाशन गरेको सो कृति संघको पहिलो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा गरिएको थियो । पञ्चकन्याका साथमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायतका अतिथिहरूले उक्त कृतिको संयुक्त विमोचन गरेका थिए ।

साहित्य सम्मेलका प्रमुख अतिथि कुलपति उप्रेतीले कवि पौडेलद्वारा सम्पादित कृति नेपाली मुक्तक साहित्यमा मानक कृतिका रुपमा आएको बताए ।

सो कृतिमाथि समालोचकद्वय प्रा.डा. लक्ष्मणप्रसाद गौतम र ज्ञानु अधिकारीले समालोचकीय टिप्पणी राखेका छन् । सम्पादक मुक्तककार पौडेलले आफ्नो अढाई दशकको मुक्तक मोह र सीप यस कृतिमा खन्याएको बताए ।
सो कृतिमा अघिल्लो पुस्ताकी मुक्तककार उषा शेरचनदेखि समकालीन पुस्ताकी निर्मला कुँवरसम्मका गरेर २४६ जना नारी प्रतिभाको परिचय सहित ४–४ वटा मुक्तक समाविष्ट छन् । साभार-बाह्रखरी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com