गीत - मेरी छोरी नै मेरो खुसीको मुहान
हे ए ए ए
उँ – उँ – उँ
मेरी छोरी नै मेरो खुसीको मुहान
गोधूलिको चन्द्रमा मिर्मिरे बिहान
औँला समाइ ताते गराइ
तोतेबोली बोलेछु
छोरीसँगै खेलौनामा
धेरै बेर भुलेछु
संसारको सुख नै अब मेरो आँगन
मेरी छोरी नै मेरो खुसीको मुहान
कति सानी कति राम्री
रुँदा खेरि फकाउछु
कथा हालि गुन्गुनाइ
मायाले नै हसाउछु
सारा परिवारको ओठको मुस्कान
मेरी छोरी नै मेरो खुसीको मुहान
मेरी छोरी नै मेरो खुसीको मुहान
गोधूलिको चन्द्रमा मिर्मिरे बिहान
राकेश कार्की
लस एन्जेलस