काठमाडौ असार २६,
विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्दीय समिति सर्वसम्मतिले चयन भएको छ ।
कृष्णप्रकाश श्रेष्ठ (रसिया) संयोजक, डा. मधु माधुर्य (अमेरिका) सदस्य र विश्वासदीप तिगेला (ब्रुनई) सदस्य रहेको निर्वाचन समितिले सन् २०१९ देखि २०२२ सम्मकालागि नयाँ समितिको घोषणा गरेको हो ।
२३ सदस्यीय उक्त समितिमा सुरेन्द्र लिम्बू परदेशी (भारत) अध्यक्ष चयन भएका छन् भने डा. लेखनाथ काफ्ले (ताइवान) वरिष्ट उपाध्यक्ष रहेका छन् ।
त्यसैगरी ...
उपाध्यक्ष - डेन्जोम साम्पाङ (अमेरिका),
उपाध्यक्ष - सावित्रा लुइँटेल घिमिरे (इजरायल),
महासचिव - केदार संकेत (अफगानिस्तान),
सचिव - सुनिता राई कन्दङवा (इजरायल),
आर्थिक सचिव - खगेन्द्र अधिकारी (नेपाल),
संगठन सचिव हरि सिवाकोटी (क्यनडा),
साहित्य संचार संयोजक रमेश कँडेल (नेपाल) रहेका छन् ।
सदस्यहरुमा...
विजय हितान (यु.के),
राहुल राई बोगिको (मणिपुर),
लक्ष्मण न्यौपाने (म्यान्मा),
आर.एल. श्रमजिवी (वेल्जियम),
मोहनराज खनाल (वर्मा),
कल्पना पौडेल (नेपाल),
दिलिप राई सगर (मलेसिया),
अमित चाम्लिङ (कुवेत),
लालबहादुर थापा ‘बगाले क्षेत्री’ (साउदी),
के.बि. पौडेल (नेपाल),
नवराज पोख्रेल (रोमानिया),
ममता तामाङ (भुटान÷अमेरिका),
भुवन रोका (जापान) आदि रहेका छन् ।
१) उदाउँदो तारा साहित्य समाज, पेनाङ मलेसिया
२) अनलाइन नेपाली साहित्य मञ्च, ब्रुनइ÷वेलायत
३) नेपाली साहित्य प्रतिष्ठान, हङकङ
४) सर्वदा वाङमय साहित्य प्रतिष्ठान, युएई
५) प्रवासी नेपाली साहित्य समाज, वेलायत÷ब्रुनई लगायतका साहित्यिक संस्थाहरु महासङ्घको सम्बन्धन प्राप्त संस्था रहेका छन् ।
महासङ्घको सल्लाहकारमा ..
श्री कृष्णप्रकाश श्रेष्ठ (रसिया)
प्रा.डा. भीम खतिवडा (नेपाल),
प्रा.डा. कविता लामा (सिक्किम),
डा. मधु माधुर्य (अमेरिका),
विश्वासदीप तिगेला (ब्रुनई),
सागर श्रेष्ठ नेपाल रहनु भएको छ ।
नव निर्वाचित विश्व केन्द्रीय समितिले आगामी असार २९ गते भानुजयन्तीको दिन भानु जयन्ती मनाउँदै पद तथा गोपनियताको सफत ग्रहण गर्ने कुरा पनि निर्वाचन समितिका संयोजक श्री कृष्णप्रकाश श्रेष्ठ (रसिया) ले जानकारी दिनु भयो । महासङ्घलाई यहाँसम्म ल्याउनमा अहम भुमिका निर्वाह गर्नु हुने सम्पूर्ण महानुभावहरुलाई नव निर्वाचित अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले आभार प्रकट गर्दै निवर्तमान समितिका साथीहरु जो नयाँ समितिमा विविध कारणले आउन सक्नु भएन वहाँहरुको योगदानको उच्च सम्मान गर्दै औपचारिक विदाईको कार्यक्रम ल्याउने जानकारी दिनु भएको छ ।