केसब थापाका गजलहरु..
अचानोलाई सधैं खुकुरीको धार मिल्छ!!
सहनु नै पर्दो रहेछ चोट बारम्बार मिल्छ!!
यो मैदान हो संघर्ष को खुन पशीनाको!!
धारा बगाउनेलाई खुसी अपार मिल्छ !!
जित्नु नै छ भने संसार यदि ,याद राख!!
गर्ने हरेक कामहरूमा कैयौ हार मिल्छ!!
अंधकारमा रमाउने बानी बसाली हाल!!
तारा चम्कनलाई पनि अंध्यारो संसार मिल्छ!!
नगर्नु घमन्ड आफ्नो स्वाभिमानको,यहाँ!!
सबैलाई एकदिन मृत्युको उपहार मिल्छ!!
२,
कसैको साथ पाए पनि जिउने आधार मिल्थ्यो!!
नशाको मात पाए पनि जिउने आधार मिल्थ्यो!!
चोटै चोटको पीडाले बाचेको मान्छे हु म,मलाई!!
विस्वास घात पाए पनि जीउने आधार मिल्थ्यो!!
न गर जुनेली रातको कुरा म जस्तो अन्धोलाई!!
अंधेरी रात पाए पनि जिउने आधार मिल्थ्यो!!
के अर्थ हांसेर बाच्नुको पागल सरीलाई,मौतकै!!
बरू, सौगात पाए पनि जिउने आधार मिल्थ्यो!!
केसब थापा
गुलरीया बर्दिया
हाल भारत