गजल-१
नभय जिम्मेदारी मान्छे छाडा बन्छ!!
जसरी कांडाको भारी छाडा बन्छ!!
मिलावटिमा पनि कारबाही हुदैन!!
र त यहाँ सधै पंसारी छाडा बन्छ!!
काटिदेउ ,ति बैंसका उमंग लाग्ने!!
नत्र ,लम्बिएका दारी छाडा बन्छ!!
यो बजार हो रंगमन्चको बेग्लै,यहाँ!!
पुरुष बिनाको नारी छाडा बन्छ!!
आफ्नै घर पछाडिको फालेनौ भने!!
बिजाउने सिस्नो घारी छाडा बन्छ !!
२)
प्रयासहरू जारी नै राख सधैभरी!!
पाउने आसमा हारी नै राख सधैभरी!!
बोझ के हो?जान्न चाहन्छौ भने यदि!!
थाप्लो माथी भारी नै राख सधैभरी!!
सकेनौ कत्ति संघर्षको सबुत दिन,अब!!
आफ्नो बगलमा सारी नै राख सधैभरी!!
खोज्दै हिड्यौ सरल जीवन देवता सरी!!
जोगीकै अवतारमा दारी नै राख सधैभरी!!
झुटा यि नैनले मनलाई बेकाबु बनाउंछ!!
यसलाई बाधेर झपारी नै राख सधैभरी!!
केसब थापा
गुलरिया बर्दिया
हाल भारत