पत्रको प्यार कहाँ र इन्टरनेटको सुविधामा !

सान्ता कार्की
लाग्छ समय कति छिटोछिटो आफ्नो स्वरूप बदलिरहेछ I सम्हालिन पाएका छैनन् मान्छे यी नयाँ नयाँ आधुनिक प्रबिधिहरुका छलाङ्गहरुसँग I मनमा गुनेर ल्याउँदा अच्चम्म लाग्छ, सोंचमा पर्छु I कुनैबेला यस्तो समय थियो यी सब नयाँ कुराहरु थिएनन् तर मानिस अकर्कामा मायाप्रेम सद्भाव स्नेह आत्मियता अधिक थियो I प्राबिधिक विकासले आज मान्छेलाई एक्लोएक्लो बनाउँदै लगिरहेको छ I

साच्चै दुख्ख लाग्छ र आउँछ धेरै याद त्यो दिनहरुको जो एक चिट्ठी पाउँन महिनौं कुर्नु पर्यो I र त्यो पत्र पाउँदाको खुशी असीम हुन्थ्यो अनि  त्यसमा लेखिएको एकएक शब्दले मनको कुनाकुनासम्म छोएर आँखाबाट भावनाहरु बग्थे थाहैनापाई I यी सब कुराहरु यतिबेला कथै जस्तो बनेकोछ सम्झिँदा पनि आँखाहरु ओसिन्छन् I हाए ! ती दिनहरु .. ! आहा ती आफ्ना प्रियहरुका पत्र प्यारले लपक्क भिजेका हुन्थे I अनगिन्ति पटक पढेर फेरी पढ्दा नि मन भरिन्नथ्यो I आँखा पुनः पुनः भिज्थे, पढेर सिरानीमुनि जतनले राखी सुतिन्थ्यो I र फेरी भोलि बिहान एक चोटी त्यो चिठ्ठी हेरेर दिनको सुरुवात गरेको मनमा हिजो पढेको चिठ्ठीले मन छोएर गह भरि आँसु टिलपील पुछ्दै काम गरेको, समय मिल्दा एल्बम खोलेर फोटो हेरेको अनि फेरी सुत्न नै अप्ठ्यारो हुने गरि त्यो एल्बम सिरानीमा राखेर सुत्दा आफ्ना सबै आफु संगै भएको त्यो मिठो अनुभूति अहिले यो इन्टरनेटले कहाँ दिन्छ र ! जतिनै सुविधायुक्त भए पनि I बरु यसले आफ्ना आफन्तहरुबाट आफ्नैहरुलाई टाडा बनाउँदै लगिरहेकोछ , एक्लो बनाउँदै गैरहेकोछ I

मलाई यतिबेला बुढापाकाहरुले भन्ने गरेका प्रचलित भनाइ औधि स्मरण हुन्छ जुन चिज सजिलै हाँसिल हुन्छ त्यसको मूल्य कम हुन्छ I साच्चै यतिखेर यो इन्टरनेटको सुविधाले दुनियाँलाइ दोजे पनि आफ्नाबाट आफ्नैलाई टाडा बनाउँदै लगेको छ I जतिबेला अहिले जस्तो इन्टरनेटको सुबिधा थिएन हामी छ शेकेलको होम कार्ड किनेर आफन्तहरुसंग सम्पर्क हुन्थ्यो सन्चो बिसन्चो पारिवारिक ब्यबहारिक यस्तै यस्तै छोटकरीमा बोलिन्थ्यो त्येतिखेर I

इमान्दारीपूर्वक भन्नुपर्दा दुई शब्द बोल्दा हिसाब किताब राखेर बोलिन्थ्यो I अहिले को जस्तो चाहिने नचाहिने कुरा र छिनमै माया को कुरा फेरी आर्काको कुरा र आफ्नो माया सम्म छुट्ने कुरा इतिश्री गर्ने बजेट कहाँ हुन्थ्यो ? अहिले यो सामाजिक सञ्जालले दिएको सहज सुविधाले निकै नराम्रो कुराहरुको बिकास गर्दैछ I सम्बन्धहरु जोडिने भन्दा तोडिने बढ्दै छन् दिनानुदिन I यो शुखद समाचार होइन हामी सबैको लागि I यसतिर समयमै ध्यान नगए भोलि निकै बिकराल अबस्था आउदैन भन्न सकिन्न I हुँदाहुँदा अहिले इन्टरनेट बिनाको घर त भाडा पनि लगाउन गारो छ I

म सम्झिन्छु पहिला हामी मामाघर जाँदा घरको भित्ताभरि आफन्ताको फोटो टाँसीएको हुन्थ्यो र हजुर बुवा हजुर आमा तेही फोटो हेरेर छोरा छोरी नाती नातिना को झझल्को मेटाउनु हुन्थ्यो I आज घरको पनाति पनातिनी बढेर घरको भित्ता फोहर भयो भनेर सबै सफा पारिदिन्छन अनि पनाति पनातिनी भन्छन् हजुरहरुलाई फोटो हेर्न मन लग्यो भने हामीलाई भन्नु हामी मोबाइलमा वा ल्यापटप खोलेर देखाछौं I आजकालका यी नानी बाबु हरुलाई के थाहा कि हजुर आमा हजुर बुवालाई जति बेला मन लाग्यो त्येतिबेला भित्तामा फोटो हेर्नुको मज्जा ! त्यो मोबाइलमा र ल्यापटप मा कहाँ मिल्छ भनेर!

हाम्रो आमाहरुले काम सकेर आफ्नो नानी बाबु लाई काखमा राखेर आफ्नो छाती चुसाउँदा नै थाहा पाउथे नानीलाई सन्चो छ कि छैन भनेर I अहिले त हात-हातमा मोबाइल हुन्छ बच्चाले कसरि स्तन चुसेको छ भनेर पनि थाहा हुन्न त्येतिबेला आमाले काम गर्न जाँदा आफ्नो भागको खाजा राखेर घर आउँदा नानी बाबुलाइ बोलाएर बाडेको माया अहिले कहाँ पाउनु बरै ! स्मार्ट फोनहरुमा अचेल अनेकथरिको आइकन मार्फत माया प्रेमदेखि हरेक मुडको अभिव्यक्त हुन्छ , कस्तो अचम्म पनि लाग्छ I र खोज्छन मनहरु हिजोकै न्यानो सामिप्यता जुन प्यार ती पत्रहरुको शब्द शब्दमा समेटिएका हुन्थे ... आहा ! आज कहाँ र ? ती सुन्दरताको झलक यी स्क्रिन टचको जमानामा !I

आमाले ग्याँसमा खाना बसालेर आफु इन्टरनेटमा बिजी भएर अलिकति डढेको अलिकति नुन बेसी नै भएको कि त कम भएको छोराछोरीले खाएको त्येती

बिजुली बत्ति नहुँदा टुकी बालेर गृहकार्य गर्दा आमा बाबाले बेला बेला निदाइस कि के हो ! भनेर सोधेको मज्जा कहाँ पाइन्छ र आज भोलि बिजुली बत्ति झलमल परेर कम्प्यूटर र मोबाइलमा पढेकाहरुलाई I किन कि आमा बुवा पनि इन्टरनेट मै व्यस्त हुनुहुन्छ सोध्ने फुर्सद खोइ र ? हुन त यो इन्टरनेटले सबै बिगारेको मात्रै पनि छैन राम्रो सदुपयोग गरेर चलाएत महिनौ कुर्नु पर्ने काम तुरुन्तै हुन्छ I काम नहुँदा इन्टरनेटबाट पनि काम गरेर जिबिका चलेको छ धेरैको माया प्रेम बढेर जिन्दगि भरि संगै बिताउने साइनो पनि जोडिएको छ सधै घरमा नहुने नाती पनाति हजुरबालाई फोटो देखाउनको लागि भए पनि घर आएका छन् तिनै आमाहरुले नानी बाबुको लागि बिरामी हुँदा इन्टरनेट मध्यम बाट औसधि पनि गरेर आफ्नो नानी बाबुको सुरक्षा पनि गरेका छन्, एसो हेर्दा सामाजिक विश्व जानकारी छिटो छरितो भएको छ आज यहि प्राबिधिक सुविधाले  I र जान्न चाहेको हरेक कुरा हेर्न पढ्न सकिन्छ I यस्ता थुप्रै राम्रा सकारात्मक कुराहरु छन् जसले जीवन बाँच्न अबस्यै सहज तुल्याएको छ आज तर यसका नकारात्मक पाटो पनि उत्तिकै नराम्ररी झाँगिएका छन् जसलाई नजर अन्धाज गर्नु ठुलो हानि खेप्नु हो I यसतर्फ ध्यानाकर्षण होस् भन्ने आसयले यो मेरो सानो अनुभूति पस्कन पुगें - धन्यवाद I

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com