केशाबका दुई गजल
१)
सम्झियौ होला र त जुनकिरी,, अन्धकार दियौ!!
जगमगाउ भंन्दै ,,रोशनि बिनाको संसार दियौ!!
देखायौ केहि सहानुभूति तिमी तुच्छ सम्झिएर!!
लुकाउदै भाव मनको हास्नुपर्ने अधिकार दियौ!!
दिदा मुस्कान आंशु लुकाएर नैनका ,सम्झीयौ!!
कमलको फुलसरी हिलैहिलोको आधार दियौ!!
सफल हुन्छ उहि जो हुन्छ असफल बारम्बार!!
भनेर आफ्नो साथ जित राख्यौ सधै हार दियौ!!
ठानेनौ हितैसी मनको कहिल्यै शाहारा बन्दा पनि!!
उल्टै आत्मघाति सम्झिएर मृत्युको उपहार दियौ!!
२)
नभन बुझ्दै नबुझि आनिबानि ,डर लाग्छ कसैलाई!!
कलियुग हो यो यहाँ मर्न पनि ,रहर लाग्छ कसैलाई!!
आफै आफैमा रमाउने प्रयास गर्नु ,जवानि छुपाएर!!
देखाउदा यौवन कलकलाउदो,नजर लाग्छ कसैलाई!!
हालात जे सुकै होस चाहे आफ्नैको देउ सहानुभूति!!
तर नदेउ अमृत जल कहिल्यै ,जहर लाग्छ कसैलाई!!
न देखाउनु गन्तव्यं न त पाउ चाल्न नै सिकाउनु,यहाँ!!
फुल बिच्छ्यादा कांडै कांडाको डगर लाग्छ कसैलाई!!
अचम्म लाग्छ देख्दा मान्छेका भिन्दा भिन्दै चरित्रहरू!!
उराठ लाग्ने शमसान घाट रंगीन शहर लाग्छ कसैलाई!!
केसब थापा
गुलरिया बर्दिया
हाल भारत