~ गजल '
गर्दिन गुनाँसो अब सबथोक हारेर आएँ
बाँकी खुशीका व्याडहरु कतै सारेर आएँ
माहिर रहेछौ कोमल भावनासँग खेल्न
विश्वासका विजहरु खरानी पारेर आएँ
संयोग त हेर ! उ मेरै डुंगामा आइ बस्यो
चुपचाप नाउ खियाउँदै पारी तारेर आएँ
धेरैबार रुवाएका थियौ हृदयमा बसी
फेरी रुवायौ अँधेरोमा आँशु झारेर आएँ
मन मन्दिरमा प्रेमले सजाएर राखेंथें प्रेम
ती सबैसबै आज नदेखिनेगरी बारेर आएँ
'' यासिन ''