इजरायलमा नेपाली नयाँ बर्षको अवसरमा भव्य सांगीतिक साँझ हुँदै..

तेल अभिव (इजरायल) माघ~१६,

नारीदर्पण : नेपाली नयाँ बर्ष २०७६ को अवसरमा इजरायलमा परोपकारी भव्य सांगीतिक साँझ हुँदै।
बिरामीहरुको संख्या बढ्दो र अक्षयकोषको आर्थिक अवस्थामा पनि सन्तुलन ल्याउनको निमित्त हामी जुटौं हाम्रै लागी भन्ने मूल उद्देश्य सहित एन आर एन ए एनसीसी इजरायलको संरक्षणमा रहेको यस आपतकालिन अक्षयकोष इजरायलले नेपाली नयाँ बर्ष विक्रम संम्बत २०७६ यही आउदो अप्रिल १२ तारीख शुक्रबार साँझ वाईजमान ६० तेलअभिव स्थितमा रहेको हलमा नेपाल बाट राष्ट्रीय स्तरको ख्याती प्राप्त कलाकारहरु प्रिती आले र कृष्ण काफ्लेको साथमा नयाँ बर्ष २०७६ सांगेतिक साँझ भव्य रुपमा इजरायलमा स्थापित बिभिन्न सामाजिक , धार्मिक , जातीय , साहित्यिक र सांस्कृतिक गरी २१ वटा संघ संस्थाहरुको आयोजकत्वमा र १५ वटा मिडीया पार्टनर हरुको सहकार्यमा भव्य रुपमा कार्यक्रम मनाउन लागीरहेको हुँदा इजरायलबासी सम्पुर्ण नेपाली दाजु भाई तथा दिदिबहिनीहरुमा उक्त कार्यक्रममा उपस्थिती भई कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन सहयोग को अपिल पनि गर्दछौ ।

आयोजक संघ संस्थाहरु

एन आर एन ए एनसीसी इजरायल

१) नेपाल आदिवासी जनजाती महासंघ
२) हिन्दु जागरण नेपाल अभियान इजरायल
३) ओम जनजागरण अभियान इजरायल
४) अन्तराष्ट्रीय नेपाली समाज इजरायल च्याप्टर
५) विश्व नेपाली साहित्य महासंघ इजरायल
६) शेर्पा संघ इजरायल
७) ह्योल्मो समाज इजरायल
८) नेपाल मगर संघ शाखा इजरायल
९) नेपाल तामाङ घेदुङ इजरायल
१०) नारीका लागी नारी एक करोड अक्षयकोष
११) भोजपुर सेवा समाज इजरायल
१२) रुपन्देही सेवा समाज इजरायल
१३) इजरायल गोरखा एशोशियसन
१४) चितवन समाज इजरायल
१५) तमु समाज इजरायल
१६) प्रवासी नेपाली नागरीक समाज इजरायल
१७) अन्तराष्ट्रीय नेपाली कलाकार समाज
१८) किरात राई यायोख्खा इजरायल
१९) किरात याक्थुङ चुम्लुङ इजरायल
२०) नेवा खल इजरायल
२१) राष्ट्रिय तामाङ घेदुङ इजरायल

मिडीया पार्टनरहरु
१) तिनजुरे अनलाईन
२) फिस्टेल न्युज डट कम
३) शुभदिन डट कम
४) बिबिसीई अनलाईन न्युज
५) पानाखबर डटकम
६) खबर बिहानी
७) बुद्द सन्देश
८) जुमएनपी डट कम
९) अर्घाखाची बुलेटिन
१०) हाम्रो दमक डट कम
११) तामाङ अनलाईन
१३) ए वान नेपाल डट नेट
१४) न्युज डायरी ३३५ डट कम
१५) नारी दर्पण

“ हामीले नगरे कस्ले गर्छ , अहिले नगरे कहिले गर्नै ।
               “ हामी जुटौं हाम्रै लागी ,,

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com