अछाम मङ्सिर १६,
मेल्लेख गाउँपालिका–१ र २ ऋषीदहलाई छाउगोठ मुक्त वडा घोषणा गरिएको छ।
गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराल–२ को डाँडासिरीमा आज पत्रकार सम्मेलन गरी दुईवटै वडालाई छाउगोठ मुक्त घोषणा गरिएको जानकारी दिए। जनयुद्ध कालदेखि नै छाउपडी नमान्ने ऋषिदहमा शान्ति प्रक्रियापछि पुनः छाउगोठ अस्तित्व शुरु भएका थिए। पछिल्लो दुई वर्षयता स्थानीय महिला सञ्जाल, आमा समूह र अन्य सरोकारवालाको सक्रियतामा ऋषिदहमा छाउपडी मान्ने प्रचालन पूर्ण रुपमा अन्त्य भएको जनाइएको छ।
छाउपडीको नाममा विभिन्न सङ्घ संस्थाले कार्यक्रम सञ्चालन गर्ने, छाउगोठ भत्काउने र तामझामसहित गोठमुक्त घोषणा गर्ने तर व्यवहारमा छाउपडी कायमै रहने अवस्थालाई चुनौती दिन पत्रकार सम्मेलन गरी गोठमुक्त घोषणा गरिएको अध्यक्ष बोहराले बताए। रासस
मेल्लेख गाउँपालिका–१ र २ ऋषीदहलाई छाउगोठ मुक्त वडा घोषणा गरिएको छ।
गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराल–२ को डाँडासिरीमा आज पत्रकार सम्मेलन गरी दुईवटै वडालाई छाउगोठ मुक्त घोषणा गरिएको जानकारी दिए। जनयुद्ध कालदेखि नै छाउपडी नमान्ने ऋषिदहमा शान्ति प्रक्रियापछि पुनः छाउगोठ अस्तित्व शुरु भएका थिए। पछिल्लो दुई वर्षयता स्थानीय महिला सञ्जाल, आमा समूह र अन्य सरोकारवालाको सक्रियतामा ऋषिदहमा छाउपडी मान्ने प्रचालन पूर्ण रुपमा अन्त्य भएको जनाइएको छ।
photo-created google |