१)
बिबीले भनिन, मिया जालिम छ!!
मैले भने ,पुरै दुनिया जालिम छ !!
फुल रसरंगको महकिने भयपनि!!
स्वार्थ मेट्ने,तितलियाँ जालिम छ!!
बाध्य बनाउंछ जाल हान्न पानीमा!!
पानिमै सलबलाउने मछलियां जालिम छ!!
पुत्ताउनेछ धुंवा चारैतिर जलाउदा अंग!!
शरिरलाई राख बनाउने लकडियाँ जालिम छ!!
२)
नेपालीपन नबिर्सनु,
नेपाल बिर्सिए पनि,, नेपालीपन नबिर्सनु!!
आफ्नै माटोमा हुर्केको,, जिवन नबिर्सिनु!!
भुल, चाहे आफैलाई शहरको रमझममा तर!!
घांस दाउरा गरेको ,,हरियो बन नबिर्सिनु!!
हराएर संगमरमरका केही महलहरूमा !!
साथीभाई संग लगाएको,, मन नबिर्सिनु !!
रूपैया पैसा नचिने पनि ,डलरमा खेलेर!!
आफ्नो पुर्खाले कमाएको ,,धन नबिर्सिनु!!
बिर्सिनु बरू आफैलाई तिमी ,तर कसैसंग!!
जनमजनम लगाएको ,,बन्धन नबिर्सिनु!!
३)
मनको पीडा,
के अर्थ स्वार्थीलाई मनको पींडा सुनाएर पनि!!
बरू मन बुझाउनु एक्लै एक्लै गुनगुनाएर पनि !!
बन्नु आफ्नो साथी आफै मन बुझाउनको लागी!!
अरुले त मन चोर्छ झुटा कहानी बनाएर पनि!!
जित्नु छ दुनिया जसै चाहे हार होस या संम्हार !!
मिल्नेछ खुसी एकदिन आखामा आंशु सजाएर पनि!!
झुटा सपनाहरूले महलका दिवाल सजाउनु भन्दा!!
पाइन्छ मजा झोपडिमै खरको छानो छाएर पनि!!
४)
जित्न सकिएन,
जित्न पनि सकिएन ,हार्न पनि सकिएन!!
केहि कमजोरी थिए, सपार्न पनि सकिएन!!
सोचै सोचमा जीन्दगी बितेर गयो आखिर!!
झुटा रहेछन सपना झपार्न पनि सकिएन!!
चाहना थियो आकाश चुमी जुनतारा झार्ने!!
तर यहां त रूखबाट आप झार्न पनि सकिएन!!
कति बदनसीब रहेछ यो जिन्दगानी आफ्नै!!
छायालाइ लास सम्झी लतार्न पनि सकिएन!!
नाम-केसब थापा
गुलरिया बर्दिया
हाल भारत