जित्न पनि सकिएन ,हार्न पनि सकिएन!!
केहि कमजोरी थिए, सपार्न पनि सकिएन!!
सोचै सोचमा जीन्दगी बितेर गयो आखिर!!
झुटा रहेछन सपना झपार्न पनि सकिएन!!
चाहना थियो आकाश चुमी जुनतारा झार्ने!!
तर यहां त रूखको आप झार्न पनि सकिएन!!
कति बदनसीब रहेछ यो जिन्दगानी आफ्नै!!
छायालाइ लास सम्झी लतार्न पनि सकिएन!!
केसब थापा
गुलरीया बर्दिया
हाल भारत