कहिले रहेछ घाम
इन्जिनियर राकेश कार्की
लस एन्जेलस
कहिले रहेछ घाम कहिले त पानी प्रिय
यसरी नै यस्तै रह्यो यो जिन्दगानी प्रिय
यता उता खोजिरह्यो आँखाले सधैँभरि
आसै आसमा बितिरह्यो मीठो जवानी प्रिय
नजिक हुँदा आफ्नै थियो टाढा हुँदा त्यस्तै नै
कुन बेला माया बस्यो जानी नजानी प्रिय
सिमसिम पानी पर्यो इन्द्रेनी क्षितिजसम्म
जता गएनि डुबाइदिने मायाको खानी प्रिय
समतल पहाड हुँदै हिमाल मास्तिर पुगि
अहिले गजल बनिरह्यो हाम्रो कहानी प्रिय
फेरिदै बदलियो होला बेला समयको रूप
बदलिइन म त मेरो उस्तै छ बानी प्रिय
(८ र ७ अक्षरमा विश्राम)