गायक एवं संगीतकार प्रकाश खत्रीको पिउ साथी पिउ ... सार्बजनिक

अगस्त ३०,

अमेरिकाको नर्थ क्यारोलिनामा बसोबास गर्दै आएका गायक एवं संगीतकार प्रकाश खत्रीको पिउ साथी पिउ नामक श्रवण युट्युब भिडियो सार्बजनिक भएको छ ।
गायक एवं संगीतकार प्रकाश खत्रीको हावा सरि भन्ने गीत अघिल्लो हप्ता प्रदर्शित भयो । यसै शृंखला अन्तर्गत अर्को गीत जसको बोल छ – पिउ साथी पिउ सार्बजनिक गरिएको छ ।

खत्रीका साथी सुवास ढकाल संग एकदिन यत्तिकै बसिरहेका बेला खत्रीले गीत सुनाए । ढकालले त्यो धुन समातेर शब्दहरु भर्न थाले । र पिउं साथि पिउं –एउटा रमाइलो, नांचगान गर्न मिल्ने गीत लेखे ।

लेख्दै जाँदा त्यो गीतलाई केही संदेश संदेशमुलक पनि बनाउन उनले चाहे ।अनि त्यसै अनुसार लेखिदिए गीत । एकचोटीको जीवन हो, मिलिजुली बाचौं, रिस राग त्यागेर, मनमुटाव बिर्सेर अघि बढौं – यस्ता सन्देशहरु दिन खोजिएको छ यो गीत मार्फत ।

महिला सशक्तिकरणको कुरा गरिएको छ गीतमा । कोही भन्दा कोही कम छैन भन्ने संदेश दिन खोजिएको छ यो गीत मार्फत ।

कृपया यो गीतलाई शेयर गरिदिनुहोला अनि प्रकाशजीको youtube channel लाई subscribe गरिदिनु होला । वहाँका धेरै गीतहरु प्रदर्शनको तयारीमा छन् |

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com