न्लग्क्स्ति व

१,
मखमली फूलैफुलमा उनको पाउ परुन
काँडा बिजोस मेरै पाउमा उनी खुसी रहुन
दुइ दिनको जीवन हाम्रो छाप बन्यो नाता
सहि दिन्छु वियोग अझै अरुकै उनि बनुन!

२,
पैंचो थिएन  मेरो माया जलाएर गयौ
मलाई छोडी मुटुमा अर्कै सजाएर गयौ
जोड घटाउ केहि हुन्न स्वच्छ माया भित्र
जानीजानी गल्तिको थुप्रो लगाएर गयौ!

३,
पर्देसि भएँ आमा किस्मत को खेलले
क्षितिज  पारी लखेट्यो दुखको भेलले
छटपटिन्छु तिम्रो यादमा, दसैं तिहारमा
बाधी राख्यो आमा मलाई कामको जेलले! ___

४,
काँधमा साहुको ॠण बोकी आएँ इजरयलमा
मुटु कलेजो जलाएर केही पाएँ इजरयलमा 
चाड पर्व आए पछी  भक्कानो फुटेर आउँछ
आमा सम्झी आँसुसँग मित लाएँ इजरायलमा!

५,
सबैजना नाराबाजिमा व्यस्त देश बिकास कसरी हुन्छ ?
देशको होइन आफ्नै चिन्ता गरेको देख्दा योइ मन रुन्छ
पार्टी होइन व्यक्ति चुन्ने बेला आएको छ हामी जनताले
असल नेतृत्वलाइ साथ दिउँ जसले जनताको कुरा सुन्छ!

६,
कति माया गर्छौ प्रिय जोखेर सकिन
तिम्रो सधैं आउने याद रोकेर  सकिन
नलाउ  माया भन्दा भन्दै बस्यो मुटुमा
 पन्सिदा तिमी अश्रुले पीडा धोएर सकिन!

७,
बेच्नु  बेच्यौ सन्तान तिम्ले खाडी लगेर
 ठिक्क पार्दै जित्न खोज्यौ निर्दोष बनेर 
जस्तो कर्म उस्तै फल बिर्सिएछौ क्या हो
पक्कै अत्याचारी मास्न आउँछन रबि भएर!

 ८,
पुर्खाको नाम बेची वीरका सन्तान भन्छौं
सेवा गर्छु  भनेर नै देशको  मुख्या बन्छौं
अत्याचार र भ्रष्टचारले चुलिदैछ मातृभूमि
छिमेकीले सिमा मिच्दा हामी हेरी रहन्छौं!

९,
ग्यारेन्टी छ वारेन्टी छ सारा जिनिशको
सेकेन्ड ग्यारेन्टी छैन मानिस जिवनको
अ्मृत प्याला पिएसरि अज्म्बरि ठान्ने
तछाड मछाड गर्ने कस्तो जात मानिसको!___

१०,
आमा! तिमि बिना त यो पुरै सृष्टि नै अधुरो हुन्छ
जीवनको हर मोड्मा तिम्रो अर्ति  उपदेशले छुन्छ
गुरु कि पनि महागुरु तिमी विश्व बिध्यालय हौ
आमाको आदेश त हरेक असल सन्तानले सुन्छ!

११,
देशभरका दुखिपीडितलाई बेदेशिएकाले धान्ने
आज ठुला भयौ हिजो थियो तिमी पनि माग्ने
जनता उपचार नपाएर मुर्दाघरमा सड्दा
 हामीले अब किन तिमी नेताहरुलाई मान्ने?__ ---
   
 १२,
एउटा फूल मन्दिरमा चढाएर आएँ आज
त्येही मन्दिरमा दियो नि जलाएर आएँ आज
हामीले छोएको पानी चल्दैन रे भन्थ्यौ हजुर
तिम्रै सामु मन्दिरमा जल बगाएर आएँ आज!

१३
 ममी डेडिलाई भ्यालेन्टाइन डेको विश  गरिन्छ र ?
 मायाको प्रस्ताव राख्नेलाई आज रोकेर सकिन्छ र ?
माया माया भन्नेहरू हो मायाको परिभाषा राम्रो बुझ
कहीं मातातिर्थमा ह्याप्पी मातातिर्थ औंशी छोरा भनिन्छ र ?
     
१४,
बाटोका सबैलाई भ्यालेनटाइन डेको विश  गरिन्छ र
मायाको प्रस्ताव राख्नेलाइ आज रोकेर सकिन्छ र
माया कहाँ कतिखेर बस्छ त्यसको के भर  हुन्छ
ह्याप्पी भ्यालेन्टाइन उ बाहेक अरुलाई काँ भनिन्छ र?

१५,
बानी पर्यो आमा हजुर अंग्रेजी काइदाले
बिर्सीगयो घरदेशा डलर हुने फाइदाले
यो परदेशमा सजिलो कहाँ छ र आमा     
इजराली पर्वमा जोत्नु जोतायो साइदा भनौदाले!____

१६,
कहिले लाग्छ जिन्दगी तर्नै नसकिने जंघार हो
हार जीतको समिश्रण अनि संघर्षको भण्डार हो
बिचित्र देख्छु जताततै हाहाकार र चित्कार मात्र
इछ्यहरु बन्देज राख्ने बे फजुलको कारागार हो!!

१७,
आज फेरी  आशाको लामो सास फेर्दै बसें
यो पल्ट देशको मुहार फेरिन्छ भनी हेर्दै बसें
कैले भुँइचालो कहिले बाढि पैरो लिएर आयौ
सारा पीडा भुलेर यो आँचलमा उमंग  बेर्दै बसें!!

१८,
 नगरि श्रम पुग्दैन खान साँझ र बिहान
संसारको जुनैकुना पुगे नि बनाउँछु यो शान
मजदुरकी छोरी मजदुरी गर्न आकोछु  प्रदेशमा
पसिना बगाइ श्रम गर्छु  सधैं  बेच्दिन् इमान!!                       

१९,
गाउँ बस्ति सबै तिर तीजको लहर छाउन लाग्यो
बेताबी छ यो मन आज घरै नजिक आउन लाग्यो
चेलीबेटी सोच्न लागे आफ्नो माइती घर आँगनलाइ
सम्हाल्नलाइ गाह्रो कठै यो मन माइत धाउन लाग्यो !!

२०,
मित्रता होस कृष्ण र सुदामा जस्तो
नहोस मित्रता आँसु आँखामा जस्तो
बगलीमा राम गर्दै कोखमा छुरा धस्ने
नगर्नु भक्त प्रलादका कंस मामा जस्तो!

कादम्बरी श्रेष्ठ
इटहरी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com