इजरायलमा २०५ औं भानु जयन्ती मनाईंदै

तेल अभिव (इजरायल) असार २८,

भानुभक्त आचार्यको २०५ औं जन्म जयन्तीको अवसर पारेर इजरायलमा भब्य कार्यक्रमको आयोजना गरिने भएको छ।
आगामी जुलाई १४ तारिखका दिन नेवेसानन ४६ मा गर्न लागिएको उक्त कार्यक्रममा नेपाली भाषा, कला, साहित्य एवंम संस्कृति संगै मनोरञ्जनात्मक प्रस्तुतिहरु प्रस्तुत हुने आयोजकले जानेको छ।

इजरायलमा साहित्य र कला लाई उजागर र सम्बर्द्धन गर्ने उदेश्यले स्थापना भएका साहित्य र कला क्षेत्रमा आबद्ध चार संस्थाहरु अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखा, अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टर, तथा साहित्यिक चौतारी नेपाल इजरायल शाखा र अन्तराष्ट्रिय नेपाली कलाकार समाज इजरायलले संयुक्त रुपमा कार्यक्रमको आयोजना गर्दै २०५ औं भानु जयन्ती मनाउन लागिएको हो।

यसपालिको कार्यक्रम भब्य र सभ्य हुनेमा आयोजक बिश्वस्त रहेको अ.ने.क.स.का अध्यक्ष राज छेत्री ले जानाकारी दिनु भयो।

उक्त कार्यक्रममा इजरायलमा रहनुहुने समस्त नेपाली, साहित्यकार, साहित्यानुरागी तथा कला क्षेत्रमा आबद्ध प्रतिभावान कलाकारहरुलाई सहभागी भैईदिनको लागी कार्यक्रम संयोजक अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखा को बरिस्ठ उपाध्यक्ष कादम्बरी दाना श्रेष्ठले अनुरोध गर्नु भएको छ ।

कार्यक्रम इजरायलको समयअनुसार विहान १० वजे देखी संचालन हुने आयोजकले जानाएको छ , इजरायलमा अवस्थित सम्पूर्ण संघ सस्थाहरु तथा पत्रकारहरु,बुद्दिजिबिहरु,समाजसेवीहरु लगायत सम्पूर्ण नेपालि दाजु,भाइ तथा दिदि,बहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थित हुन् समेत अपिल गरिएको छ।स्रोत-शुभ दिन:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com