साहित्यिक चौतारीद्वारा कवि उपेन्द्र सुब्बालाई सम्मान

तेल अभिव , इजरायल चैत्र ४,

साहित्यिक चौतारी नेपाल उज़रायल शाखा द्वारा बरिष्ठ कवि लेखक तथा कलाकार उपेन्द्र सुब्बा ज्यूलाई सम्मान गर्यो I

महामहीम श्री निरन्जन कुमार थापा ज्यूको आतिथ्यमा सम्पन्न उक्त विशेष सम्मान कार्यक्रमको सभापतित्व कार्यबाहक अध्यक्ष मुना सिग्देलले गर्नु भएको थियो I कार्यक्रमको पुरावार्धामा मार्च ६ तारिक बित्नु भएको नेपाली साहित्य्कमा महान दार्शनिक डा इन्द्र बहादुर राइ ज्यूको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो I संस्था बारे छोटो मन्तव्य संस्थाकी संरक्षक तथा सल्लाहकार सावित्रा लुइँटेल घिमिरेले राख्नु भएको थियो भने साथमा बेजोड नारीवाद गजल पनि राख्नु भएको थियो I

विशेष सम्मान कार्यक्रममा सम्मानित बरिष्ठ कवि लेखक तथा कलाकार श्री उपेन्द्र सुब्बालाइ कार्यक्रमकी सभापति संस्थाकी कार्यबाहक अध्यक्ष मुना सिग्देल तथा प्रमुख अतिथि महामहिम श्री निरन्जन कुमार थापा ज्यूबाट सम्मान हस्तान्तरण भयो I कवि सुब्बाले केहि अनुभव कवितामायी प्रसङ्गहरु राख्दै दुइवटा कविता वाचन गर्नु भएको थियो I उहाँलाई साहित्यिक चौतारी नेपाल इजरायल शाखाले सम्मानपत्रका साथै इजरेली खानुकिया (खानुका पर्वमा नौं वटा क्यानडाल बालने) संस्थाको तर्फबाट उपहार स्वरूप प्रदान गर्यो I

त्यस्तैगरी रचना वाचन बसु श्रष्ठ (सदस्य) सन्तोषी खड्का (कोषाध्यक्ष) सुमित्रा भण्डारी आचार्य (अध्यक्ष हिन्दु जागरण) आदिले निकै सुन्दर रचना वाचन गरेका थिए I सन्तोषी खड्काले निकै म्मिठो गीत समेत गाउनुभएको थियो I कार्यक्रमको उत्तरार्धमा महामहिम श्री निरन्जन कुमार थापा ज्यूले बरिस्ठ कवि उपेन्द्र सुब्बा ज्युलाई बधाई सफलताको शुभकामना दिंदै साहित्यिक अनुभव सुनाउँदै नेपाली साहित्यबारेमा पनि बोल्नु भयो साथै साहित्यिक चौतारी नेपाल इजरायल शाखाप्रति खुलेर प्रसंसा गर्नु भयो I

अन्तमा, कार्यबाहक अध्यक्ष मुना सिफ्देल ज्यूले कार्यक्रममा उपस्थित सम्पूर्णमा आभार व्यक्त गर्दै बरिष्ठ कवि लेखक तथा कलाकार उपेन्द्र सुब्बा ज्यूलाई बधाई दिंदै आफ्नो रचना प्रस्तुत गर्नुहुँदै विशेष सम्मान कार्यक्रम समापन गर्नु भयो I त्यसपश्चात खाजा पानीको व्यवस्था गरिएको थियो (पुलाउ, सेलरोटी, अचार, जुस, खसीको मासु, लेभिवोत, आलुको अचार आदि) I 






Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com