कविता - 'म बाट तिमी सम्म पूग्दा '


कविता - 'म बाट तिमी सम्म पूग्दा '

 हामी भएर
कती धेरै बसन्त पार गरी सकेछौ
पत्ता नै भएन प्रीय
समयको उतार चढाव संग
कहिले मन बहकिँदै
कहिले यी नयन रूझ्दै
कहिले ती प्रेमील बातहरू मा भूल्दै
बर्षेनी आऊने प्रेम दिवशले उस्तै
याद हरु दिलाएर जान्छ!!

चिसो सिरेटो भई बहने
बतासले पनी न्यानो माया
तीम्रो माया बोकेर आउछ
अनायसैै म हराउछु
यो मायाको सानों संसारमा
विस्वास को ठुलो घर वनाएका छौ
दरीलो भरोसाको पर्खाल लगाएर
सुन्दर प्रेमको फुलवारी सजीएका छन
प्रेमको रूप गुलाबी फूलका
बोट हरूले त्यों दूखको
 कहिल्यै पैरो  जान दिदैन
जसरी बृक्षको जराले जमीन
लाई बगाउन दिदैन
उसरी नै मायाको
संसारलाई दरीलो बनाएर राखेको छ!!

ए!!सुन त प्रीय।
मानब प्राणीहरू सबैको मनमा
प्रेम रूपी फ़ूल किन फूल्दैन्न यसरी नै
किन हून्छ पलमै
लथालिड़ मायाको घरमा आगों लाग्छ
खरानी भएर उड्छन
थाहै नपाई कयौँ माया
बेचिए बजारमा
अनी रोपीए छुरा मुटूमा
 ती चिच्याहट कारूणीक
चित्कार हरू सूनेर विहल बनेकि छू
म सोचीरहेछु  प्रणय मा गरीएका
बाचा किन टुट्छन् होला।

यो  प्रेम  प्रसाद कहिल्यै बाढेर सकिन्न
म,यही प्रेमको उद्घाहरण दिन खोजीरहेछु
धेरै स्वार्थ ले भरीएको दूनियाँ मा
घात प्रतीघात र हिँसा हत्या
अत्याचार र घमंडहरू
त्यागेर आजै बाट अहिले बाट
सफा मन बाट गूलाबी फूल फूलाउदै
सबै लाई प्रेमको डोरीमा
बाँध्न सफल बनोस
यो प्रणय दिवश।

मुना सिग्देल
उर्लावारी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com