अमुका छ मुक्तकहरु...


माघ १३ चितवनमा मुक्तक उत्सवका रुपमा रह्यो आयोजना "हाम्रो मझेरी साहित्य प्रतिष्ठानको " थियो भने उक्त कार्यक्रम " चितवन साहित्य परिषद"को भवनमा भएको थियो ।देशभरका २६ जना मुक्तककारले आ आफ्ना ६/६ वटा मुक्तक वाचन गरेका थिए।उक्त मुक्तक मेलामा" अम्बिका कार्की अमु" द्वारा वाचन गरिएको मुक्तकहरू:-

१)
 जाजरकोट देख्दा यो मन सार्‍है रोएकोछ।
कयौं पटक आँसुले  यो  हृदय  धोएकोछ ।
मैले खाने भत्ताले त्याँ सिटामोल पुर्‍याउ सरकार!
साच्चै त्यहाँको  पीडाले  मलाई  छोएकोछ।

२)
यो देशको अस्तित्व दिनप्रतिदिन  गिरेकोछ।
पढ्ने युवाले परदेश लाग्ने झोला भिरेकोछ।
कतिञ्जेल यो बिडम्बना हेरिरहन्छौ सरकार !
छोराको लास बाकसमा आउँदा आमा बाको छाती चिरेकोछ ।

३)
नारी तिमी महान धर्ती हौ कसैको भावना नबन ।
अस्मिताको  किनबेच  गरी  आलोचना  नबन ।
घर धानेर  अझै धेरै  लिन  छ  हाम्रा अधिकार
क्षणिक मोहमा फसेर  मात्र पुरुषका चाहना नबन।

४)
भविष्यको लौरो भन्दै के अर्थ भो सन्तान पाएर ।
निर्दयी बन्छन् कोखीका घाउ छोडिदिन्छन् आश्रम धाएर
बालकहरू अलपत्र छन् सडकमै रात बिताउँदा
निमुखाले  के नै पाए देशमा अनेक तन्त्र आएर ।

५)
बर्षौं बित्यो भुकम्प र पहिरोका पीडा उस्तैछ।
द्वन्द्वकालमा  भएको अरु समस्या दुरुस्तै छ।
बाढी पस्दा ढोकाको चाबी भारतको हातमा किन हुन्छ?
चुप बस नेता ! यो हिउँद हो पानीको बेग सुस्तैछ।


आज मलाई तिमी छेउमा बस्न मन लाग्यो।
प्रेमील भई माया जालमा कस्न मन लाग्यो।
यो   मुटु  र  त्यो  मुटु  एउटै  गाँठो  बनाउँदै
तिम्रो दिलको ढोका बाट पस्न मन लाग्यो ।

अम्बिका कार्की अमु
सर्लाही वाग्मती नपा
हाल चितवन भरतपुर

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com