गीत ' चाहने मन '
चाहने मन हजार थिए तिमीलाई छाने
मन मन्दिरमा सजाएर मनको देव माने !
लुकाएर राखेको छु मन मुटु भरि
प्रतिबिम्ब बनी आउछौ नजर वरिपरी
सारा दुख बिसाउने चौतारी नै ठाने
मन मन्दिरमा सजाएर मनको देव माने !
तिमि मान या नमान मायाँ गर्छु धेरै
सातौ जन्म सम्म पनि बन्नु तिमी मेरै
तिम्लाई पाएपछि मायाँ कस्तो हुन्छ जाने
मन मन्दिरमा सजाएर मनको देव माने !
बिमला अधिकारी