नर्थ क्यारोलिनामा ओम बिक्रम बिष्टको सहयोगार्थ एक घन्टा भित्र २ लाख १० हजार जुट्यो

डिसी माघ २,

नर्थ क्यारोलिनामा पप सम्राट ओम बिक्रम बिष्ट को स्वास्थ्य उपचारको सहयोगार्थ गरिएको कोष वृद्धि कार्यक्रम बाट एक घण्टा भित्रै ( ५० मिनेट )२ लाख १० हजार जुटाउन सफल भएका छन् l
सामाजिक संजाल फेसबुक (अनुहार किताव )को प्रत्यक्ष प्रसारण बाट सांगितिक कोसेली प्रस्तुतको साथ गरिएको कार्यक्रममा त्यति रकम उठेको हो l

अमेरिकाको दक्षिण पूर्वी १५ वटा राज्यहरुमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था नासा (नेप्लिज एसोसिएसन अफ साउथ ईस्ट अमेरिका )र टीयनसीसी को संयुक्त प्रस्तुतीमा आयोजना भएको कार्यक्रमलाई अमेरिका बाट संचालित ५ वटा चर्चित संचार माध्यमहरू क्रमस इनेप्लिज,नेपालिसाईट,ओएसनेपाल, डिसीनेपाल र फिलमी वजारले प्रत्यक्ष प्रसारण गरेका थिए ।

गायक बिस्टको मिर्गौला प्रत्यापोरण उपाचारको लागि यसरी अमेरिका कै ५ वटा चर्चित संचार माध्यमहरूले एउटै थलोवाट प्रशारण गरेको पहिलो चोटि भएको कार्यक्रम संचालक तथा नासाका सांस्कृतिक समितिका अध्यक्ष विशाल भारतीले जानकारी दिए ।

मलाई आवाज देउ बोलको गीतबाट शुरूवात भएको उक्त कार्यक्रममा कलाकार सुमन भट्टराई, अग्नि बियांडका लीड भोकलिस्ट प्रदीप घिमिरे र पुराना आधुनिक गायक बसन्त खड़काले गायक बिस्टका चर्चित गीतहरू गाएका थिए !

अमेरिकी पूर्वीय समय अनुसार बेलुकी ९:३० बजे बाट सुरु भएको उक्त "फेसबुक लाइभ फन्डरेजिंग " कार्यक्रममा विस्वभर छरिएर रहेका नेपालीहरुलाई पप गायक बिष्टको उपचारको सहयोगको लागि अनुरोध गरिएको थियो l र कार्यक्रम चलिरहदा दर्शकहरुले प्रत्यक्ष दान पनि गर्ने भएकोले पेपल लिंक राखि सम्पूर्ण दाताहरुको नाम कार्यक्रममा उल्लेख गरिएकोले यस कार्यक्रम अत्यन्तै सफल भएको नासाका बर्तमान सभापति माधव ढकालले जानकारी दिए ।

यस अघि पनि भारतीले आफ्नै सक्रियतामा यस्तै फेसबुक लाइभ फन्डरेजिंग "सामाजिक संजाल प्रत्यक्ष प्रसारण कार्यक्रम गरेर कलाकार दिपक छेत्रीको उपचारको लागि रु २ लाख र केही समय अगाडी मात्रै पुर्बी नेपालमा आएको बाढीमा १०१३ घर धुरीलाई राहत प्याकेज करिब ७ लाख रुपैया र ७ जना मृतक परिवारलाई रु ५०००/- को दरले रु ३५०००/- बाड्न सफल भएका थिए।

गायक ओमबिक्रम बिष्टको आफ्नो दुवै मृगौला खराव भए पछि पप सम्राट बिष्ट अमेरिकामा आफ्नो छोरी ज्वाईको घरमा बसेर डायलसिस गराई रहेका छन्। सामान्यता अमेरिकामा मृगौला प्रत्यारोपणको लागि ५ देखि १० वर्ष सम्म कुर्नुपर्ने भएकोले गायक बिष्ट भारतमा गई तुरुन्त उपचार गर्न इच्छुक रहेको र आफु संग खर्चको अभाव रहेको भनि विभिन्न संचार माध्यमबाट सबै नेपालीहरुसंग सहयोगको लागि अनुरोध गरिरहेका बेला नासा र टियनसिसिले गायक विष्टको उपचारमा सहजता खोज्दै यो कार्यक्रमको आयोजना गरेका थिए l 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com