गजल By, अम्बिका कार्क अमु
पहाड हाँस्दा हिमालले छेकिन्छ कि पीर लाग्छ।
खोला नाला सललल लस्किदैछन् दक्षिण तिर
बग्दा बग्दै इतिहास भै लेखिन्छ कि पीर लाग्छ।
शान्ति भूमि नेपाल र स्वाभिमान यो नेपालीको
तराईको लुम्बिनी गई सेरिन्छ कि पीर लाग्छ ।
गोर्खालीको वीरता झन् परदेशीदै गुम्न थाल्दा
सिमानाका पिल्लर अझै ठेलिन्छ कि पीर लाग्छ ।
यस्तै यस्तै पीर ब्यथा लेखेर यो गजल बन्यो
सम्पत्ति र न्याय अन्तै पेसिन्छ कि पीर लाग्छ।
अम्बिका कार्की अमु
सर्लाही वाग्मती नपा
हाल चितवन भरतपुर