सम्मानित महिला उद्यमी पार्वती खड्का र सरुना श्रेष्ठ |
घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय दोलखाले आयोजना गरेको दोस्रो उद्योग दिवसको अवसरमा तीन जना महिला उद्यमीहरू सम्मानित भएका छन् ।
लामो समयदेखि हस्तकला उद्योग सञ्चालन गरी हस्तकलाका विभिन्न सामग्री उत्पादन र महिलाहरूलाई रोजगारी समेत दिदै आएकी दोलखा मेलुङ गाउँपालिका वडा नम्बर १ पवटी निवासी पार्वती खड्का, सेवा उद्योग अन्र्तगत मानन्धर कम्प्युटर इन्स्टीच्युट सञ्चालक भीमेश्वर नगरपालिका वडा नम्बर ३ की सरुना श्रेष्ठ र स्वर्णीम एण्ड सम्राट सप्लार्यस सञ्चालके भीमेश्वर नगरपालिका वडा नम्बर ६ निवासी सविना मानन्धरलाई सम्मान गरिएको हो ।
तीनै जना महिला उद्यमीहरूलाई दोसल्ला ओढाई सम्मान गरिएको आयोजकले जनाएको छ ।महिला खबर;