विजय थापा
न्युयोर्क पुष ४,
न्युयोर्क पुष ४,
बिश्व कै राजधानी मानिने न्युयोर्क शहरमा गत डिसेम्बर १५ र १६ तारिखमा दुई दिने फेशन एण्ड ब्यूटी एक्स्पो नामक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ l उक्त कार्यक्रम न्युयोर्क बाट संचालित इलुसिड पत्रिकाले आयोजना गरेको हो l यसका लागि नेपालका प्रख्यात फोटोग्राफर ( छाया चित्रकार ) राजिव श्रेष्ठ लाई अधिकारिक रुपमा मनोनित गरेको थियो l पत्रिकाका संस्थापक अङ्कित रौनियार हुन् l
अमेरिकामा पनि आफ्नो पेशालाई निरन्तरता दिदै आएका राजिव श्रेष्ठले आफूले अमेरिकामा यस्तो मौका पाई रहेको भन्दै अझ आफूले मेहनत गर्नु पर्ने र पेशालाई निरन्तरता दिने बताए l उनले आफूले मेहनत गरेर खिचेको तस्बिर प्रति सन्तोष व्यक्त गरेका छन् l
उक्त फेशन हब नामक कार्यक्रममा विविध कार्यक्रम रहेता पनि उनलाई व्यवसायिक भेषभूषा फोटोग्राफरको रुपमा छनौट गरिएको थियो l यसको साथै उक्त भेषभूषा प्रस्तुतिमा डिसी महानगर क्षेत्रकि एक मात्र नेपाली मोडल (नमूना )रिमा केसी अन्य बिदेशी महिलाहरु संगै प्रस्तुति गरेकि थिइन् l
रिमालाई क्त फेशन हब कै दुई डिजाईनर्स (अभिकल्पक )ले सहभागीको लागि छनौट गरेका थिए l केसीले न्युयोर्कमा सम्पन्न उक्त कार्यक्रममा सहभागी हुन् पाउँदा अझ आत्म बिश्वास बढेको र आफ्नो लागि ठुलो मौका पाएको बताइन l
उक्त फेशन हब कार्यक्रममा शृंगार ,वस्त्र ,छाला सम्बन्धि ,कपाल ,नङ्ग तथा महिला शृंगारका सामग्री बेच बिखनको लागि समेत राखिएको थियो l