मलेसियामा साहित्यिक चौतारी क्षेत्रीय शाखा गठन सँगै सिर्जना वाचन कार्यक्रम सम्पन्न

मलेसिया (जोहोर)डिसेम्बर ३, २०१७

नेपाली साहित्यको विकास र विस्तारमा अनवरत क्रियाशील संस्था साहित्यिक चौतारी नेपाल मलेसिया शाखाको दोस्रो कार्यक्रम जोहोर क्षेत्रीय भेला तथा स्रष्टा भेटघाट एवम् सृजना वाचन कार्यक्रम अाज मलेसियाको जोहोरबारु पासिर गुडाङ अायर विरु स्थित गोल्डेन रेष्टुरेन्टमा सम्पन्न भएको छ। मलेसियामा जोहोरबारू क्षेत्रका साहित्यका साधकहरूलाई संगठित  गर्दै शिव सहयात्री पराजुलीको अध्यक्षतामा साहित्यिक चौतारीको जोहोर क्षेत्रिय समिति समेत विस्तार भएको छ। समितिका अन्य पदाधिकारीहरूमा उपाध्यक्ष देव विरही, सचिव अमर विष्ट , कोषाध्यक्ष सुजन सोल्टी राई, सहकोषाध्यक्ष दिपक थामी, सदश्यहरूमा, पुर्ण विक, दिपेश खड्का , सुजन सिंखडा ,  अोमराज चौलागाईं रहनु भएको छ।
कार्यक्रमका सभापति चौतारी मलेसियाका अध्यक्ष डिल्ली प्रसाद छत्कुली तथा प्रमुख अतिथि साहित्यिक चौतारी नेपाल संस्थापक अध्यक्ष सन्दीप संग्रौला 'दिलदुखी'ले संयुक्त रुपमा दीप प्रज्वलन गरि समुद्घाटन गर्नु भएको कार्यक्रमको सुरुवातमा राष्ट्रिय गान गाइएको थियो । उपस्थित सबैलाई सप्रेम स्वागत चौतारी मलेसियाका केन्द्रीय उपाध्यक्ष  राजेश विरही शर्मा तथा सहयोगी राधा खड्काले अविर तथा खादाले स्वागत गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य पुर्व वि क विश्वास एकले गर्नु भएको थियो। प्रत्येक उपस्थित सर्जकले एक देखि पाँच वटासम्म सृजना वाचन भएको कार्यक्रममा शुभकामना मन्तव्य राख्दै चौतारी मलेसियाका कोषाध्यक्ष रेशम सरोवर विस्टले जोहोर क्षेत्रीय समितिले जोहोर बारुका सबै स्रष्टाको भाग्य र भविष्य नेपाली साहित्यबाटै खोज्न साहित्यिक चौतारी नेपाल मलेसिया जोहोर क्षेत्रीय समिति सफल हुनेमा अाफु विस्वस्त रहनु भएको बताउनुभयो।

चौतारी मलेसियाका सल्लाहकार छन्द स्रष्टा एवम् रेडियो कार्यक्रम प्रस्तोता गजेन्द्र प्रसाद अवस्थीले छन्दबद्द कविता वाचन गर्नुभएको थियो भने मलेसिया शाखा सदश्य लोक गायक सुरेन्द्र बुर्लाकोटीले मिठा मीठा गीत गाएर सबैलाई मोहित पार्नुभएको थियो। मलेसियाका के यल, जोहोरबारु र पेनाङ मुख्य तिनवटै शहरमा शाखा विस्तार गर्ने र यो मलेसियाको दोस्रो तथा सिङ्गो चौतारीको एघारौं शाखा भएको बताउदै प्रमुख अतिथि दिलदुखीले नेपाली साहित्यका क्षेत्रमा चौतारी नवीन र पृथक संस्था बनेर उदाउने उद्घोष गर्नुभयो।नवगठित समितिलाई सपथ खुवाउँदै कार्यक्रमका सभापतिले शाखाको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दै अाफ्नो सृजना वाचन गरेर सभा विर्सजन गर्नुभएको थियोे। उक्त कार्यक्रमको संञ्चालन नवगठित ज‍ोहोर क्षेत्रीय समितिका अध्यक्ष समेत घोषित जुझारु स्रष्टा शिव सहयात्री पराजुलीले गर्नुभएको थियोे। कार्यक्रमको भिडियो ..... नामक फेसबुक पेजमा उपलब्ध समेत रहेको छ भने कार्यक्रममा वाचित केही प्रतिनिधि सृजना रेडियो शुक्लाफाँटा एफ एमको अागामी कार्यक्रम सर्जक र सिर्जनामा समेत प्रसारण हुनेछन्। 
जय साहित्य ।
जय चौतारी ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com