साहित्यिक चौतारी नेपाल इज़रायल शाखाद्वारा रचना वाचन तथा शुभकामना कार्यक्रम सम्पन्न..

तेल अभिव (इज़रेल) पुष १,

नारीदर्पण : साहित्यिक चौतारी नेपाल इज़रायल शाखाले २०१७-डिसेम्बर १५  साँझ  "रचना वाचन तथा अंग्रेजी नयाँ बर्ष २०१८ को शुभकामना आदानप्रदान कार्यक्रम '' सम्पन्न भएकोछ I
बातयाम योसेफतालमा संस्थाकी अध्यक्ष समा श्री को कार्य स्थलमा समपन्न उक्त साहित्यिक कार्यक्रम निकै सौहार्दपूर्ण शान्त वातावरणमा सम्पन्न भयो I रचना वाचन संस्थाकी सल्लाहकार सावित्र लुइँटेल घिमिरे बाट सुरु भै सदस्य हुँदै अन्तमा  अध्यक्षले गर्नु भएको थियो I
कार्यक्रमको पूर्वार्धमा थुप्रै स्रस्टाहरु समेटिएको साहित्यिक चौतारी नेपाल केन्द्र द्वारा प्रकाशित ''चौतारी'' पुस्तकको लोकार्पण संस्थाकी अध्यक्ष समा श्री तथा सल्लाहकार सावित्रा लुइँटेल घिमिरे द्वारा भयो I

कोठे रचना वाचन यो एउटा राम्रो सुरुवात हो अब  यसलाई निरन्तरता दिनुपर्छ यसैगरी भन्दै अध्यक्ष समा श्री ले सबैलाइ समेट्दै अघि बढ्ने हौसलापूर्ण उर्जासिल मत राख्नु भयो I

कार्यकममा कविता, गजल, मुक्तक र सन्तोषी खड्काले निकै मिठो गीत गाइन I उपस्थिति कम भएपनि कार्यक्रम निकै फलदायी रह्यो I कार्यक्रम सकिएपछी निकै मिठो खानेकुराले सत्कार गर्नु भयो संस्थाकी अध्यक्षले I









Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com