गजल:- गल्ती गरे मैले !


गजल By, एच.एल. गौतम

' गल्ती गरे मैले '

साचो प्रेम गरी तिम्लाई, गल्ती गरे मैले..!!
सोझों मनलाई विश्वास दिलाई, गल्ती गरे मैले..!!

 निष्ठुरीको घाॅतले मूटु, जलेकै थ्यो पहीले....,
त्यसै माथी घ्यु-तेल मिलाई, गल्ती गरे मैले..!!

रूखा-रूखा शब्द वाणले, दिलमा ड़्स्दा खेरी..,
 विष मार्नलाई अमृत पिलाई, गल्ती गरे मैले..!!

 यता-उता छट्पटीदा, मन भित्रका पिड़ा...,
 छोप्नु पर्ने अझैं  हिलाई, गल्ती गरे मैले..!!

  पछुतो छ, समय छॅदा, आखा चिम्लीएर...,
जिन्दगी लाई ठक्कर खिलाई, गल्ती गरे मैले..!!

 [[2"साचों प्रेम गरी तिम्लाई, गल्ती गरे मैले..!!
सोझों मनलाई विश्वास दिलाई, गल्ती गरे मैले.."2]]

  सर्जक,
एच.एल. गौतम
    (अर्घाखाची) मा.गा.
खनदह3! हाल- भारत।।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com