नायिका नन्दिता केसी अभिनीत "सङ्गलो यो मन " नयाँ म्युजिक भिडियो सार्बजनिक

विजय थापा,
 डीसी पुष २,

अमेरिकाको एटलान्टा को जर्जिया बाट रिदम स्क्रिन क्रिएसन ले नेपाली चलचित्र कि अभिनेत्री नायिका नन्दिता केसी लगायत अन्य कलाकार सहितलाई समेट्दै  "सङ्गलो यो मन " नया नेपाली गीत को भिडियो सार्बजनिक गरेको छ l
एटलान्टाको जर्जिया स्थित काठमाडौँ किचेन ग्रिलमा गत डिसेम्बर १६ तारिख अमेरिकाको एटलान्टाको जर्जियामा छायाँकनको भिडियो शुभारम्भ गरेको छ l

रिदम स्क्रिन क्रिएसनले उक्त "सङ्गलो यो मन " नया नेपाली गीतको भिडियो डिसेम्बर १७ तारिख देखि मात्र आधिकारिक रुपमा सार्बजनिक गर्ने जानकारी दिएको छ l उक्त संगीत भिडियोमा मुख्य अभिनयमा नायिका नन्दिता केसी तथा भानु तिवारी(देवजन )को रहेको छ l

स्वर किरण गजमेर तथा टीका लामिछानेको रहेको छ भने संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ l शव्द मनिष अधिकारीको हो भने संगीत व्यवस्थापन कमल राईले गरेका छन l

भिडियोको निर्देशन कमल राई तथा भुवन रनपाल को रहेको छ भने छायांकन (क्यामरा )सुरेन्द्र मान सिंहको रहेको छ l यसै गरि सम्पादन/भीएफएक्स/रुप/परिकल्पना कमल राईले गरेका छन्

रिदम स्क्रिन क्रिएसनले दिलिप दाहाल ,प्रकाश दर्नाल ,बिएम खालिंग ,सिमन रमदम ,सन्तोष रमदम तथा सुरज राईलाई विशेष धन्यवाद दिएको I

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com