इज़रायलमा कार्यरत नारीहरुले लेखे ''महिला हिंसा अन्त्य दिवस'' लाइ सम्बोधन गर्दै यस्तो मुक्तक...

इज़रेल तेल अभिव मङ्सिर ७,

नारीदर्पण : प्रवासी कर्म,व्यस्त दिनचर्या अनायासै दौडन पुग्छन् यी हातहरु खालि कागजमा अनेक भावनाका तरङ्गहरु पोख्न र तिनै भावहरु बन्छन् मुक्तक I यिनै मुक्तकहरु गाँसेर एकै मालामा हामी लिएर आएका छौं '' नारी मुक्तकिला मनहरुको मुक्तक सँगालो'' इज़रायल भूमिमा कर्म गर्दै कलम चलाउनुहुने सम्पूर्ण दिदीबहिनीहरुलाई धन्यवाद I
यस साताको मुक्तक सँगालो
विशेष नारी मुक्तक सँगालो ,
आउँदो शनिबार मङ्सिर ९ गत्ते ''महिला हिंसा अन्त्य दिवस'' परेको हुनाले यस हप्ताको मुक्तक सँगालो उक्त दिवसलाई सम्झंदै समर्पण गरेका छौं I

मुक्तक -१
नारी हिंसा निर्मूल पार्न नारी नै सचेत हुनु पर्छ
हामी आँफै लड्न थाले खुनको आँसु रुनु पर्छ
एकै रथका दुई पाँग्रा उखान मात्र होइन साथी
ममताको आँचल फिंजाई सबको मन छुनु पर्छ |
सावित्रा लुइँटेल घिमिरे
झापा -बिर्तामोड
====================
मुक्तक-२
महिला हिंसा अन्त्य गर्न महिलानै जुट्नुपर्छ I
सदियौंको बन्धन तोडी अब माथि उठ्नुपर्छ I
आमा दिदी बहिनीहरु पिल्सिएरै बाँचे हिजो
मुहार फेरिसक्यो समयले अब त्यो बुझ्नुपर्छ I
सुनिता राई 'कन्दङवा'
आठराई तेह्रथुम
====================
मुक्तक-३
नारी हिंसा नारी बाटै निर्मुल हुनुपर्छ अब
बिगतको अश्रु मूल्य असुल हुनुपर्छ अब
दया मायाँ करुणाकी खानी मात्र हैनौं हामी
रक्षामा देवीको खड्ग त्रिशुल हुनु पर्छ अब |
रेखा पन्त ,
गोर्खा, हाल इजरायल
===============
मुक्तक-४
बन्द कोठामा लुटिंदैछन् हजारौं निर्दोष नारी
अदालत मै सिमित राखियो न्याय पोको पारी
कयौं एसिडको सिकार कयौं जिउंदै जलाइए
जुटौं नारी हिंसा हटाउँन बस्नु हुन्न अब हारी |
कमला भण्डारी ढकाल
बुटवल - मणिग्राम
========================
मुक्तक-५
नारीको उपहास हुन्छ समाजमा सधैंभरी
नारी प्रति हेय दृष्टि किन हट्दैन कसैगरी
कयौं प्रयत्न गर्दा पनि गाउँ अनि शहरमा
अबला नारी हेपिएर रुन्छन् हरे ! कठै बरी
पवित्रा बजगाई
झापा बिर्तामोड ।
======================
मुक्तक-६
नारी प्रतिको हिंसा अब जरै बाट हटाउँनु पर्छ
कमि छैनौं नारी स्वामित्वको समाज बनाउनु पर्छ
अपहेलना र अपमान सहेर अब बस्नु हुन्न हामी
स्वच्छ अनि स्नेहको सुन्दर समाजमा रमाउनु पर्छ |
सन्ताेषी खड्का
भाजपुर।
==================
मुक्तक-७
लिङ्ग छुट्याई नारीलाई मारेको देखें
धेरैलाई त हेर्नुस् अपाङ्ग पारेको देखें
साथी भन्दै अन्ध बिश्वास नगर्नु होला
इज्जत लुटी भिर बाट झारेको देखें |
भीमा थापा कार्की
झापा गरामुनी
==========
मुक्तक-८
सम्पतिको लागी बुहारी जलाउन बन्द गर
विवाह मा अब दाईजो चलाउन बन्द गर
आफ्नो घर छोडी तिम्रो घर सम्हाल्न आउछिन
यातना दिएर अब शरीर गलाउन बन्द गर |
सपना बानियाँ ठोरी
हाल ईजराएल
=============
मुक्तक-९
दिनदहाडै लुटीए कोहि अंधेरीमा मरेकाछन
गाउँ, शहर, गोठालो कोहि पंधेरीमा मरेकाछन
उठौं नारी न्याय दिलाउँ अन्यायमा परेकालाई
कति बेचिए बिदेशमा कोहि मझेरीमा मरेकाछन।
सानु खतिवडा
हेटौडा, हाल इजरायल
===============
मुक्तक-१०
जिन्दगी भर पाईलै पिच्छे अत्याचारमा परेका छन्
कतै मानसिक कतै शारीरिक बलात्कारमा परेका छन्
मानसिकता नबदलिएसम्म महिला हिंसा बन्द हुने छैन
महिलाहरु नै वास्तवमा खुकुरीको धारमा परेका छन्
सरला अर्याल
गुल्मी
====================
मुक्तक-११
नारीको वेदना बुझिदीने थोरैछन् यो संसारमा
नारी बिनाको रचना अधुरो छ मेरो विचारमा
अत्याचार सहनै पर्छ रे कठोर मन पारेर किन ?
नारीले नै दीप बाल्छे आँफै हुन्छे अन्धकारमा !
सुमित्रा भन्डारी
नवलपुर नेपाल !!
================
मुक्तक-१२
महिला हिंसा अन्त्य गर्न धेरै संस्थाहरु खोलेकाछन्
नाम,दाम र पद राख्ने होडबाजी यहाँ मोलेकाछन्
पहुँचवालाको हातमा छ यो देशको कानून त्यसैले त
निर्दोष र अबला नारीहरु हेपिएर पोलेकाछन्
बेलकुमारी घिमिरे
मोरंग |
=====================
मुक्तक-१३
आधा आकाश छपक्कै ढाक्ने नारीहरुनै हुन्
संस्कार,सांस्कृति जोगाइ राख्ने नारीहरुनै हुन्
पटकपटक यो धर्तीमा जल्नु र पिल्सिनु परे पनि
हार नमानी संसार बदल्न आँटने नारीहरुनै हुन् !
सुलोचना दहाल
बिराटनगर
=================
मुक्तक -१४
हत्या ,हिंसा ,बलात्कार रोकौं अत्याचार
सधैं गरौँ नारी पुरुष समान व्यवहार
नैसर्गिक अधिकार उनको प्रदान गर्दै
दिउँ हौसला अनि गरौँ मनले आभार |
माला खनाल
नयाँ नैकाप काठमाण्डौ
================
मुक्तक-१५
सौन्दर्य त क्षणिक साथी नैतिक युद्ध गर्नुपर्छ
अपमानको पीडा बढ्दै गए दुर्गा रूप धर्नुपर्छ
शोषण अनी रूढीवाद संस्कारको पर्दा च्यातेर
लज्जा घुम्टो उघारी विचारको वस्ती सर्नुपर्छ !
बसु श्रेष्ठ
भैरहवा रूपन्देही
=============
मुक्तक-१६
हरेक साँझ बिहानमा बेंशी झर्छिन् नारी
श्रृष्टि सारा सम्हाल्नलाई दु:ख गर्छिन् नारी
नारी नै हुन् सासू पनि तर विभेद किन
पीडा खप्दै श्रीमानको जिउँदै मर्छिन् नारी।
सिन्धु पौडेल
चितवन _ भरतपुर
============
मुक्तक-१७
उठौं अब दिदीबहिनी आधा आकाश ढाकेका छौ
दु:ख कष्ट सहेर पनि अस्तित्वमा बाँचेका छौ
आँट गरी हिम्मत गर्दै अन्यायको बिरोध गर्दै
महिला हिंसा नसहने दृढ अठोट गरेका छौ !!
भगवती बस्नेत
बल्खु , काठमाडौं
=================
मुक्तक-१८
शुभ कार्य गर्नलाई पन्च कन्या खोजिन्छ यहाँ
पढ्न ,सिक्न अघि बढे छोरीलाई रोकिन्छ यहाँ
आमा चाहिन्छ , छोरी चाहिन्छ जगत चलाउन
आरोप लगाई बोक्सी पापिनी जिउँदै पोलिन्छ यहाँ |

राजकुमारी श्रेष्ठ (क्षितिज पारी )
गोरखा - हाल इजरायल
==================
मुक्तक-१९
अन्यायको बिरुद्ध हतियार लिएर उठौं नारी
मनमा एउटा नयाँ बिचार लिएर उठौं नारी
रोकिन्न त्यो अपराध चुपचाप घरमा बसेर
अब हातमा धारिलो औजार लिएर उठौं नारी
बिमला शर्मा ढुंगाना
काठमाडौं
हाल इजरायल
=======================
मुक्तक-२०,
हत्या हिंसाको बिरुद्ध बिगुल फुक्नु पर्छ अब
दाइजो प्रथा हटाउन हामी सबै जुट्नु पर्छ अब
समाजको इज्जत ढाक्न नारी मात्र किन झुक्ने
हामीसंग हात मिलाई पुरुष पनि उठ्नु पर्छ अब |
,निसा छेत्री कटवाल
झापा नेपाल ,,
============
मुक्तक-२१
तिमी नै हौ सर्वस्व अरु कोहि चाहिंदैन
बिन्ती नै किन नगरुन माया कतै लाइंदैन
होलान कोहि सजिएर हिंड्ने हरु पनि यहाँ
खोज धर्तिमा कतै हामि जस्तो जोडि पाइंदैन
नीलम भुसाल
भरतपुर -चितवन
===================
मुक्तक-२२
सृष्टि खातिर आफ्नो प्राण लुटाउन सक्छे नारी
माटोको कर्जा सजिलै चुकाउन सक्छे नारी
महिला हिँसाले पराकाष्ठ नाघेको अबस्थामा
आत्मा रक्षाको लागि तरवार उठाउन सक्छे नारी |
लक्ष्मी अनुरागी
मोरंग गछिया
==================
मुक्तक -२३
सुन्दरता सँगै सँसार मै चर्चा हुन नारी
माया ममताकी सृष्टि कर्ता हुन नारी
नारी बिना चल्दैन घरव्यवहार कहिल्यै
वासना दिई फूल झै फैलिएका पर्चा हुन नारी |
शान्ता खवास
झापा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com